धादिङ । धादिङका थप ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लाको निलकण्ठका २७, धुनीबेशीका २४, गल्छीका २, गजुरीका १ र त्रिपुरासुन्दरीका ६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
यस्तै गंगाजमुनाका ६, नेत्रावातीका १०, थाक्रेका १, खनियाबासका १, सिद्धलेकमा ३ जना र पालिका नखुलेका ८ जना गरि जिल्लामा ८९ जनामा संक्रमण पुष्टि भएको हो। आज जिल्ला भित्र ७३ र जिल्ला बाहिर १६ पोजिटिभ केश देखिएको छ।
यससँगै जिल्लामा सक्रिय केश १ हजार ३८२ पुगेको छ । संक्रमित मध्ये १२ सय २१ जना जिल्ला भित्र र १६१ जना जिल्ला बाहिरका बिभिन्न आईशोलसनमा रहेका छन् । यससँगै जिल्लाभर हालसम्म कोरोना संक्रमित हुनेको सङ्ख्या भने ४ हजार ९९ पुगेको छ ।
हाल जिल्ला भित्र अस्पताल आइसोलेसनमा २७, संस्थागत आइसोलेसनमा २४ र होम आइसोलेसनमा ११७० रहेका छन् । त्यसैगरी जिल्ला बाहिर अस्पताल आइसोलेसनमा २५ र होम आइसोलेसनमा १३६ रहेका छन्।
यस्तै आज थप ३६ जना संक्रमित निको भएसँगै जिल्लामा संक्रमणमुक्त हुनेको सङ्ख्या २ हजार ६६९ पुगेको छ । संक्रमणबाट जिल्लाका ४८ जनाले ज्यान गुमाएका छन् । आज निलकण्ठमा १७४, धादिङ्ग अस्पतालमा ४१, धुनिबेसिमा २७, गल्छीमा १४, गजुरीमा ११, थाक्रेमा ९, सिद्धलेकमा ३० गरि जिल्लामा आज ३०६ स्वाब संकलन भएको छ । ५८ वटा एनटीजेन परिक्षण ११ पोजिटिभ आएको छ । यससँगै जिल्लाभरका ९८२ जनाको नतिजा आउन बाँकी रहेको छ ।