आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

लुट

लुट

नागरिक पाटी

१५, जेठ २०७८
  • 28.3K
    SHARES
  • लुट

    कविता : लुट

    images

    एता पनि लुट छ हजुर
    उता पनि लुट छ
    लुट गर्ने मान्छेको
    बोली सधैँ बिक्छ ।

    ढुकुटीको पैसा जति
    गर्छन् आफल ताफल
    विकास गर्ने पैसा हुन्छ
    जँड्याहाको काफल

    हामी पनि त्यस्तै हजुर
    जँड्याहालाई मान्ने

    फटाहाको संसार छ
    उनै हुन्छन् जान्ने

    जनताको दुःखभन्दा
    आफ्नै भुँडी भर्ने
    गरिब दुःखी जनता चाहिँ
    पिल्सिएर मर्ने
    भ्रष्टाचारी, बलात्कारी
    सधैँ पाउने छुट
    गाउँदेखि सहरसम्म
    सकेसम्म लुट ।
    ✍️ हरिकृष्ण सिलवाल
    नमोबुद्ध नगरपालिका ४, काभ्रेपलाञ्चोक

    images
    images
    images
    प्रकाशित मिति :जेठ १५, २०७८ शनिवार - ०८:३६:३९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology