धादिङ । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट ल्याएको छ । अर्थमन्त्री विष्णु पौडेलले हिजो शनिबार सार्वजनिक गर्नुभएको नयाँ बजेटमा ७ प्रदेशमा १ खर्ब ३ अर्ब ७० करोड र ७५३ स्थानीय तहमा २ खर्ब ८३ अर्ब १ करोड हस्तान्तरण गरिएको बताईएको छ ।
वित्तीय सामान्यीकरण, समपूरक, सशर्त र विशेष अनुदान शीर्षकमा सो बजेट छुट्याइएको हो । धादिङको नीलकण्ठ नगरपालिकाले सबै भन्दा धेरै ६३ करोड १ लाख पाएको छ भने सबै भन्दा कम रुबीभ्याली गाउँपालिकाले १६ करोड ४९ लाख रुपैया पाएका छन्।
यसैगरी धुनिवेसी नगरपालिकाले ३७ करोड २८ लाख, थाक्रे गाउँपालिकाले ४५ करोड १५ लाख, गल्छी गाउँपालिकाले ३५ करोड २९ लाख पाउने भएको छ । यस्तै गजुरी गाउँपालिकाले ३८ करोड १५ लाख,बेनिघाट रोराङ गाउँपालिका ४५ करोड ९५ लाख, सिद्धलेक गाउँपालिकाले ३७ करोड २५ लाख, ज्वालामुखी गाउँपालिकामा ३४ करोड ४५ लाख रहेका छ ।
त्रिपुरासुन्दरी गाउँपालिकामा ४० करोड ८ लाख, गँगाजमुना गाउँपालिकामा ३९ करोड ६७ लाख, नेत्रावती डबजोङ गाउँपालिकामा २३ करोड ८१ लाख, खनियावास गाउँपालिकामा २३ करोड ८६ लाख बिनियोजन गरिएको छ।
