आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धादिङमा आज थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि, १४२ जना संक्रमण मुक्त

धादिङमा आज थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि, १४२ जना संक्रमण मुक्त

नागरिक पाटी

१७, जेठ २०७८
  • 8.6K
    SHARES
  • धादिङमा आज थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि, १४२ जना संक्रमण मुक्त

    धादिङ । धादिङका थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लाको निलकण्ठका १८०, गजुरीका २, बेनिघाटका ६, ज्वालामुखीका ६८, त्रिपुरासुन्दरीका ३, गंगाजमुनाका १९, नेत्रवातीका ३, थाक्रेका २२, रुबिभ्यालिका ३ जना र धादिङ अस्पतालका १२ जना गरी जिल्ला भित्र ३१८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

    images

    यससँगै जिल्लामा सक्रिय केश १ हजार ६१२ पुगेको छ । संक्रमित मध्ये १४ सय ८२ जना जिल्ला भित्र र १३० जना जिल्ला बाहिरका बिभिन्न आईशोलसनमा रहेका छन् । यससँगै जिल्लाभर हालसम्म कोरोना संक्रमित हुनेको सङ्ख्या भने ४ हजार ३८९ पुगेको छ ।

    कोरोनाका कारण गंगाजमुनामा आज ७१ बर्षीय पुरुषको मृत्यु भएको छ र यो संगै जिल्लाको मृत्यु संख्या ४९ पुगेको छ।

    आज जिल्ला भित्र अस्पताल आइसोलेसनमा २१, संस्थागत आइसोलेसनमा १७ र होम आइसोलेसानमा १४४४ जना रहेका छन्। त्यसैगरि जिल्ला बाहिर अस्पताल आइसोलेसनमा २५ र होम आइसोलेसनमा १०५ जना रहेका छन्।

    यस्तै आज धादिङका थप १४२ जना संक्रमित निको भएसँगै जिल्लामा संक्रमणमुक्त हुनेको सङ्ख्या २ हजार ९६४ पुगेको छ । आज जिल्ला भित्र १३६ स्वाब संकलन र १०५ एनटीजेन परिक्षण भएको छ । यससँगै जिल्लाभरका १८९ जनाको नतिजा आउन बाँकी रहेको छ ।

    images
    images
    images
    प्रकाशित मिति :जेठ १७, २०७८ सोमवार - १८:१५:३२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology