सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

शेयर बजारमा आज नयाँ रेकर्ड, परिसूचक हालसम्मकै उच्च विन्दुमा

शेयर बजारमा आज नयाँ रेकर्ड, परिसूचक हालसम्मकै उच्च विन्दुमा

नागरिक पाटी

२०, जेठ २०७८
  • 5.5K
    SHARES
  • शेयर बजारमा आज नयाँ रेकर्ड, परिसूचक हालसम्मकै उच्च विन्दुमा
    images

    धादिङ । शेयर बजारमा साताको अन्तिम कारोबार दिन बिहीबार नयाँ रेकर्ड कायम भएको छ । आइतबारको रेकर्ड तोड्दै बिहीबार नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

    images

    नेप्से परिसूचकसँगै कारोबार रकममा समेत उल्लास देखिएको छ । बिहीबार २ सय १८ कम्पनीको ३ करोड ४६ लाख कित्ता शेयर किनबेच हुँदा १६ अर्ब ९० करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ । बुधबार दोहोरो अंकको सुधार आएको शेयर बजारमा कारोबार हुने साताको अन्तिम दिन परिसुचकमा ऐतिहासिक रेकर्ड कायम भयो ।

    बिहीबार उतारचढावबीच बजार परिसुचक नेप्से २९ अंकले उकालो लागेर २८ सय ५६ विन्दुमा पुगेको छ । बिहीबार कारोबार भएका अधिकांश समूहमा सुधार आएसँगै नेप्से पनि उकालो लागेको हो ।

    विकास बैंक समुह सबैभन्दा उच्च १ सय ४६ अंकले उकालो लाग्दा होटल तथा पर्यटन समूह १ सय १७ अंकले उकालो लाग्यो । वाणिज्य बैंक, उत्पादनमुलक, वित्त र लघुवित्त समूह दोहोरो अंकले उकालो लाग्दा जलविद्युत, निर्जिवन र अन्य समुह दोहोरै अंकले ओरालो लागे ।

    ९९ कम्पनीको शेयर मुल्य बढ्दा ८१ कम्पनीको शेयर मुल्य घटेको बिहीबार मन्जुश्री फाइनान्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी कमाउँदा पन्चकन्यामाइ हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढि गुमायो । यसदिन १६ अर्ब ९० करोडको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २०, २०७८ बिहिवार - १८:३३:४४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology