आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धादिङमा आज थप २२१ जना कोरोना संक्रमणमुक्त, १४५ जनामा संक्रमण, १ को मुत्यु

धादिङमा आज थप २२१ जना कोरोना संक्रमणमुक्त, १४५ जनामा संक्रमण, १ को मुत्यु

नागरिक पाटी

२०, जेठ २०७८
  • 7.8K
    SHARES
  • धादिङमा आज थप २२१ जना कोरोना संक्रमणमुक्त, १४५ जनामा संक्रमण, १ को मुत्यु

    धादिङ । आज धादिङका थप २२१ जना संक्रमित निको भएसँगै जिल्लामा संक्रमणमुक्त हुनेको सङ्ख्या ३ हजार ३१९ पुगेको छ ।

    images

    जिल्लामा थप १४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लाको निलकण्ठका ८०, धुनीबेशीका १५, गल्छीका ७, बेनिघाटका ३,ज्वालामुखीका ३, त्रिपुरासुन्दरीका ३ , गंगाजमुनाका २५, थाक्रेका २ जना, खनियाबासका ३ जना र पालिका नखुलेका ४ जना गरि आज जिल्लाका १४५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।

    आज जिल्ला भित्र १२४ र जिल्ला बाहिर २१ पोजिटिभ केश रहेको छ । १४५ जना मध्ये १०३ जना पीसिआर परिक्षणमा संक्रमण पुष्टि भएको हो भने ४२ जनाको एन्टिजिन किट परिक्षणमा पोजिटिभ देखिएको हो । यससँगै जिल्लामा सक्रिय केश १ हजार ५३७ पुगेको छ। संक्रमित मध्ये १३ सय ८६ जना जिल्ला भित्र र १५१ जना जिल्ला बाहिरका बिभिन्न आईशोलसनमा रहेका छन् । यससँगै जिल्लाभर हालसम्म कोरोना संक्रमित हुनेको सङ्ख्या भने ४ हजार ६१५ पुगेको छ ।

    जिल्ला भित्र अस्पताल आइसोलेसनमा २१, संस्थागत आइसोलेसनमा ३२ र होम आइसोलेसनमा १३ सय ३३ जना रहेका छन्। त्यसै गरि जिल्ला बाहिर अस्पताल आइसोलेसनमा ३० र होम आइसोलेसनमा १२१ जना रहेका छन्।

    यस्तै ज्वालामुखी गाउँपालिकाका ७४ बर्षीय पुरुषको मृत्यु भएसंगै जिल्लाको मृत्यु संख्या ५२ पुगेको छ। आज निलकण्ठमा १३३ र गंगाजमुनामा ५९ गरि आज जिल्ला भित्र १९२ स्वाब संकलन भएको छ भने १०९ एन्टिजेन परिक्षण भएको छ । हाल जिल्लाभरका ४०१ जनाको नतिजा आउन बाँकी रहेको छ ।

    images
    images
    images
    प्रकाशित मिति :जेठ २०, २०७८ बिहिवार - १८:३९:५८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology