धार्के,धादिङ । कोरोना भाइरस ( कोभीड १९ ) को कारण भौतिक रुपमा वार्षिक परिक्षा संचालन गर्न नसक्ने अवस्था सृजना भएको कारणले धादिङको धुनिवेशी ५, कुमाइखोलामा रहेको महादेवस्थान माध्यमिक विद्यालयले आफ्नो बिद्यार्थीहरुको वार्षिक परिक्षाफल प्रकाशन गरेको छ ।
विद्यालयले प्रथम त्रैमासिक परीक्षा, द्वितीय त्रैमासिक परीक्षा, बिद्यार्थीको हाजिरी, कक्षा कार्य, परियोजना कार्य र प्रयोगात्मक कार्यलाई आधार मानेर आज नतिजा प्रकाशन गरिएको विद्यालयका प्रधानाध्यपक अनिल रुपाखेतीले जानकारी दिनु भएको छ ।
नतिजा सम्बन्धि जानकारी लिन तल सुचनामा उल्लेखित कक्षा शिक्षक संग सम्पर्क गरि जानकारी लिनुहुन विद्यालयले अनुरोध छ ।
साथै विश्व व्यापी रुपमा बढ्दो कोरोना भाइरस संग बच्दै अघि बढ्न नेपाल सरकार स्वास्थ्य मन्त्रालयले दिएको स्वास्थ्य सुरक्षाको उपायहरु अवलम्बन गर्दै सुरक्षित बस्नु हुन सम्पूर्ण विद्यार्थी तथा अभिभाबकहरुलाई विद्यालयले अनुरोध छ ।
