सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

नेपालको शेयर बजार इतिहासमा सबैभन्दा उच्च विन्दु, १७ अर्ब २७ करोड रुपैयाँको कारोबार

नेपालको शेयर बजार इतिहासमा सबैभन्दा उच्च विन्दु, १७ अर्ब २७ करोड रुपैयाँको कारोबार

नागरिक पाटी

२३, जेठ २०७८
  • 6.5K
    SHARES
  • नेपालको शेयर बजार इतिहासमा सबैभन्दा उच्च विन्दु, १७ अर्ब २७ करोड रुपैयाँको कारोबार
    images

    काठमाण्डौ । शेयर बजार परिसूचक नेप्से ५० अङ्कले बढेर रेकर्ड विन्दुमा पुगेको छ । बैंकिङ समूहको शेयरमा उछाल आउँदा नेप्से ५० दशमलव १३ अङ्कले बढेर २९ सय ६ दशमलव ८९ विन्दुमा पुगेको हो । 

    images

    आज बैंकिङ समूहको शेयर ६९ दशमलव ८५ अङ्कले बढेको छ । यस्तै विकास बैंकको शेयर ९६ अङ्कले, फानाइनान्सको २८ अङ्कले, अन्यको ६७ र माइक्रोफाइनान्स र लगानी समूहको शेयर चाररचार अङ्कले बढेको छ । व्यापार, होटल, जलविद्युत्, जीवन बीमा, निर्जीवन बीमा, उत्पादन समूहको शेयर भने घटेको छ ।

    आज तीन करोड ७४ लाख कित्ता शेयर १७ अर्ब २७ करोड १७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको एक अर्ब २१ करोड रुपैयाँको कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै महिला लघुवित्त, गुडविल फाइनान्ससहित पाँच कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । राधी जलविद्युत् कम्पनीको शेयर सबैभन्दा धेरै नौ प्रतिशतले घटेको छ ।

    आज नेपालको शेयर बजार इतिहासमा सबैभन्दा उच्च विन्दु पुगेको जनाईएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २३, २०७८ आइतवार - १५:३८:५८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology