आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

कोरोना महामारीको तेस्रो लहर र बालबालिकाको सुरक्षा

कोरोना महामारीको तेस्रो लहर र बालबालिकाको सुरक्षा

नागरिक पाटी

२४, जेठ २०७८
  • 6.0K
    SHARES
  • कोरोना महामारीको तेस्रो लहर र बालबालिकाको सुरक्षा

    डा. रवीन्द्र पाण्डे

    images

    कोरोना महामारीको तेस्रो र चौथो छालले बालबालिकालाई जोखिम हुन्छ भनेर अस्पष्ट जानकारीको कारण आम अभिभावकमा चिन्ता छाएको छ । धेरैजना महानुभावले यो बिषयमा जानकारी दिन आग्रह गर्नुभएकोले बिज्ञान, ज्ञान र प्रज्ञानको आधारमा निम्न कारण र समाधान उल्लेख गरेको छु ।

    १. बिकसित देशहरुले आफ्ना अधिकांश नागरिकलाई खोप दिएका र दिइरहेका छन् । बालबालिकाको लागि खोप ९ फाइजरले १२ बर्षमाथिका बालबालिकालाई केहि देशमा दिइरहेको छ ० अझै क्लिनिकल ट्र्यालमा रहेको तथा हरेक देशमा ठूलो संख्यामा रहेका बालबालिका खोपबाट बन्चित भएको हुँदा आगामी महामारी बालबालिकाको लागि घातक हुनसक्ने अनुमान गरिएको छ ।

    नेपाल, भारत लगायत देशका सिमित नागरिकले मात्र खोप लगाएको अवस्थामा जोखिम अवस्था बालबालिका मात्र नभएर खोप नलगाएका सबै बर्ग जोखिममा रहेका छौं । अधिकांश नागरिकले खोप लगाएका देशमा गरेको अध्ययनलाई अनुवाद गरेर बालबालिकालाई जोखिम भन्नु हाम्रो सन्दर्भमा अपुरो विश्लेषण हो । खोप नलगाएका सबै जोखिममा छौं भन्नु सान्दर्भिक विश्लेषण हो ।

    २. अन्य उमेर समुहको तुलनामा बालबालिका कम संक्रमित भएका छन्। यसको अर्थ उनीहरुमा संक्रमणबाट प्राप्त एन्टिबोडी निकै थोरै प्रतिशतमा छ । लकडाउन तथा अनलाइन पढाइको कारण अधिकांश बालबालिका घरभित्र रहेको अवस्था छ । तसर्थ उनीहरु अन्य उमेरको तुलनामा संक्रमणसंग कम एक्स्पोज भएका छन् ।

    ३. स्कुल र कलेज संचालन भएपछि बालबालिका ठूलो समुहमा लामो समयसम्म बस्नुपर्ने तथा उनीहरुले सहि तरिकाले मास्क, दुरी र हातको सफाइ गर्ने काममा ठूलो उमेरका व्यक्तिजस्तो जिम्मेवार हुन गाह्रो हुने भएकोले बालबालिका हरेक लहरमा जोखिममा हुन्छन् नै ।

    यी जोखिमका बाबजुद पनि समाधानका प्रयास भइरहेका छन् ।

    १. फाइजरले १२ बर्षमाथिका बालबालिकालाई अमेरिका लगायत देशमा खोप दिइरहेको छ । केहि महिनापछि २ बर्षमाथिका बालबालिकाको लागि पनि खोप बिकास हुने बताएको छ। त्यस्तै एस्ट्रेजेनेका, चीनका खोप उत्पादकहरु तथा भारतको बायोटेकले पनि २ बर्षमाथिका बालबालिकामा तेस्रो चरण अर्थात अन्तिम चरणको क्लिनिकल ट्र्याल गरिरहेको छ । नेपालले पनि खोप उत्पादक देश, कोभ्याक्स, गाभी, युनिसेफ आदि संस्थाबाट बालबालिकाको लागि खोप सुनिश्चित गर्नुपर्दछ ।

    २. भारतले डिसेम्बरसम्म ६० करोड भारतीयलाई खोप दिने लक्ष्य राखेको छ । त्यस्तै अन्य देशले पनि अभियानकै रुपमा खोप कार्यक्रम अघिं बढाइरहेका छन् । संक्रमण आउने मुहान सुक्न लाग्नु भनेको हामी पनि सुरक्षित हुनु हो ।

    ३. नेपालले पनि बिभिन्न खोप उत्पादक देश, कम्पनी, कोभ्याक्स लगायत सहयोगी राष्ट्रसंग खोपको लबिंग गरिरहेको छ । डेनमार्क, बेलायत, अमेरिका, भारत, चीन, रुसलगायत राष्ट्रबाट खोप आउने आशाका किरण देखा परेका छन् । जति धेरै नेपालीले खोप लगाउछौं, त्यति धेरै बालबालिका सुरक्षित हुन्छन् ।

    ४. दोस्रो लहरले नेपाललाई ठूलो पाठ सिकाएको छ । त्यो कालो १ महिनाले हामीलाई थिलोथिलो गरेको थियो ।अहिले अस्पतालका बेड, अक्सिजन, आइसीयु तथा भेन्टिलेटरको संख्या एबम अनुभवी स्वास्थ्यकर्मीको कारण हाम्रो स्वास्थ्य प्रणाली पहिलेभन्दा बलियो भएको छ । आगामी लहरको लागि पहिलेको तुलनामा धेरै सहज स्थिति छ। स्वदेशका अक्सिजन प्लान्टले उल्लेख्य मात्रामा अक्सिजन उत्पादन गरिरहेका छन्, विदेशबाट अक्सिजन प्लान्टको लागि धेरै सहयोग आइरहेको छ, १०० बेड भन्दा माथिका अस्पतालमा अनिबार्य आफ्नै अक्सिजन प्लान्ट हुनुपर्ने सरकारी नीति छ।

    ५. स्वास्थ्य मन्त्रालयले सबै अस्पतालमा २० ५ अनिबार्य रुपमा बालबालिकाको लागि कोभिड बेड ९ अक्सिजन बेड, आइसीयु आदि ० निर्माण र रुपान्तरण गर्न निर्देशन दिएको छ । हाललाई २० ५ बेड हरेक अस्पतालमा तयारी अवस्थामा राख्दा भद्रगोल अवस्था आउंदैन ।

    ६. आम नागरिक पनि सचेत भएकोले बालबालिकालाई घरबाहिर जान नदिने, मास्क र दुरी र सफाइबारे सचेत भएको तथा बालबालिकाको रोग प्रतिरोध क्षमता बढाउनको लागि घरेलु खानामा अभ्यस्त भएको कारण आत्तिनुपर्ने अवस्था हुँदैन ।

    ७. भारतमा भएका अनुसन्धानले देखाएका छन् कि दोस्रो लहर बढी घातक हुनुमा प्रदुषण पनि जिम्मेवार छ । हाल लकडाउनको कारण हामी सबैले राम्रो सास फेर्न पाएका छौं । सरकारले लकडाउन खोल्ने तयारी गर्दा प्रदुषण कसरी घटाउने बारे बैज्ञानिक अध्ययन गरेर कार्यान्वयन गर्नुपर्दछ । हरिया पहाडमा डोजर चलाउने वा प्लटिंग गर्ने कार्यलाई बन्द गराउनु पर्दछ ।

    हरेक बस्ती, टोल, सडकको दायाँबायाँ अभियानकै रुपमा वृक्षारोपण गर्ने एबम ती वृक्षलाई सुरक्षित गर्ने काम तदारुकताका साथ गर्नु जरुरी छ । रुख काट्ने कामलाई अन्य देशमा जस्तै ठूलो इस्यु बनाउनु पर्दछ । बीसौं बर्ष लगाएर हुर्केका रुखलाई बिकासको नाममा काट्नु एक किसिमको भ्लखष्चयलmभलतब िऋचष्mभ हो । स्वच्छ बातावरणले हाम्रो फोक्सो स्वस्थ हुन्छ ।

    ८. बालबालिकालाई जडिबुटी, योग, ध्यान तथा स्वस्थ जीवनशैलीबारे तालिमप्राप्त बनाउनु जरुरी छ । बालबालिकाको दिनचर्या, रात्रिचर्या, ऋतुचर्या, पोषण ज्ञान, मानसिक सबलता, शारीरिक तन्दुरुस्तीबारे अभिभावक जानकार हुनु जरुरी छ ।बालबालिकाको लागि आफ्नो आमाभन्दा ठूलो बिज्ञ कोहि हुँदैन । तसर्थ अभिभावकलाई बच्चाको स्वास्थ्य, तालिका अनुसारका खोप, अर्गानिक खाना आदि बारे बिस्तृत जानकारी दिने कार्यक्रम ल्याउनुपर्छ । पत्रु खाना तथा इन्टरनेट एडिक्सनबाट बचाउने बातावरण निर्माण गर्नुपर्दछ ।

    स्वस्थ बालबालिकाबिना समृद्ध राष्ट्रको कल्पना गर्न सकिदैन । बालबालिका राष्ट्रका भविष्य हुन् । भविष्यको लागि राज्य तथा परिवारले गरेको लगानीले स्वस्थ समाज र समुन्नत राष्ट्रको ढोका खोल्ने तथ्य हामीले बिर्सिनुहुँदैन ।

    images
    images
    images
    प्रकाशित मिति :जेठ २४, २०७८ सोमवार - १३:५८:५४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology