शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बागमती प्रदेशले नीति तथा कार्यक्रम जेठ २७ गते सार्वजनिक गर्ने

बागमती प्रदेशले नीति तथा कार्यक्रम जेठ २७ गते सार्वजनिक गर्ने

नागरिक पाटी

२५, जेठ २०७८
  • 6.9K
    SHARES
  • बागमती प्रदेशले नीति तथा कार्यक्रम जेठ २७ गते सार्वजनिक गर्ने

    मकवानपुर । बागमती प्रदेशको निति तथा कार्यक्रम जेठ २७ गते सार्वजनिक गरिने भएको छ । बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले बागमती प्रदेशसभाको जेठ २७ गते बस्ने आठौं अधिवेशनको चौथो बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएका हुन् ।

    images
    images


    नीति तथा कार्यक्रम सर्वजनिक गर्न मंगलबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकको सिफारिसमा प्रदेश प्रमुख प्रसाईले प्रदेशसभाको आठौं अधिवेशनको चौथो बैठक आह्वान गरेका हुन् ।

    बैठक जेठ २७ गते अपराह्न ३ बजे बस्ने बागमती प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभाको गत जेठ १७ गते बसेको आठौं बैठकमा सरकारको बजेटको सिद्धान्त र प्राथमिकताको विषयमा छलफल भएको थियो । सो छलफलपछि बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अनिश्चितकालका लागि प्रदेशसभा बैठक स्थगित गरेका थिए ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २५, २०७८ मंगलवार - १६:४७:०२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology