सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

नेप्सेमा नयाँ रेकर्डको निरन्तरता

नेप्सेमा नयाँ रेकर्डको निरन्तरता

नागरिक पाटी

२५, जेठ २०७८
  • 4.3K
    SHARES
  • नेप्सेमा नयाँ रेकर्डको निरन्तरता
    images

    काठमाण्डौं । नेप्से परिसूचक ५३.४४ अंकले बढ्दै २९६०.१४ विन्दुमा पुगेको छ । यो अहिलेसम्मकै उच्च विन्दु हो । गत आइतबार नेप्से परिसूचक २९०६.८९ विन्दुमा पुगेको थियो ।

    images


    आज फाइनान्स र विकास बैंकको सेयरमूल्यमा उछाल आउँदा नेप्से परिसूचक उच्च विन्दुमा पुगेको हो । विकास बैंक समूहको सेयर मूल्य ९.०४ प्रतिशतले बढेको छ भने फाइनान्स समूहको ८.७१ प्रतिशतले बढ्यो ।

    आज ३ करोड ५७ लाख ७० हजार ३७४ कित्ताको किनबेचमा १६ अर्ब ९५ करोड १२ लाख ९९ हजार ४० रूपैयाँको कारोबार भयो । मुक्तिनाथ विकास बैंकलगायत ८ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्दै सर्किट लागेको छ । २९ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढ्दै सर्किट लेभलमा पुगेका छन् ।

    सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको ६ करोडको कारोबार भयो । आज सबैभन्दा बढी गुमाउने कम्पनीमा माइक्रोफाइनान्स, लगानी र होटल तथा टुरिजम समूह छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २५, २०७८ मंगलवार - १६:५०:४४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology