धादिङ । आज जिल्लामा थप ३ जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टाको विवरण अनुसार जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाका ३ जनामा कोरोना पोजेटिभ देखएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
यसैगरी धादिङका थप ९७ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टाको विवरण अनुसार जिल्लाभित्र र बाहिर रहेका ९७ जना डिस्चार्च भएसँगै जिल्लामा संक्रमणमुक्त हुनेको सङ्ख्या ४ हजार ६५ पुगेको छ ।
यससँगै जिल्लामा सक्रिय केश १ हजार २५७ पुगेको छ । संक्रमित मध्ये ११ सय १५ जना जिल्ला भित्र र १४२ जना जिल्ला बाहिरका बिभिन्न आईशोलसनमा रहेका छन् ।
यससँगै जिल्लाभर हालसम्म कोरोना संक्रमित हुनेको सङ्ख्या भने ५ हजार ५ पुगेको छ । संक्रमणका कारण जिल्लाको मृत्यु संख्या ६० पुगेको छ । हाल जिल्लाभरका २४३ जनाको नतिजा आउन बाँकी रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।