आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धादिङमा थप ९३ जना कोरोना संक्रमणमुक्त, ७२ जनामा संक्रमण पुष्टि

धादिङमा थप ९३ जना कोरोना संक्रमणमुक्त, ७२ जनामा संक्रमण पुष्टि

नागरिक पाटी

३०, जेठ २०७८
  • 5.4K
    SHARES
  • धादिङमा थप ९३ जना कोरोना संक्रमणमुक्त, ७२ जनामा संक्रमण पुष्टि

    धादिङ । धादिङमा आज ९३ जना डिस्चार्ज भएसँगै जिल्लामा संक्रमणमुक्त हुनेको सङ्ख्या ४ हजार ३७४ सय पुगेको छ । त्यस्तै जिल्लामा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    पछिल्लो २४ घण्टाको विवरण अनुसार जिल्लाको ज्वालामुखीका २१, सिद्धलेकका १८, धादिङ अस्पतालमा १२, गल्छीका १, त्रिपुरासुन्दरीका ५, गंगाजमुनाका ११, नेत्रावतीका १ र रुबिभ्यालिका ३ जना गरी आज जिल्ला भित्र ७२ पोजिटिभ केश देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । ७२ जना मध्ये ५१ जना पीसिआर परिक्षणमा संक्रमण पुष्टि भएको हो भने २१ जनाको एन्टिजिन किट परिक्षणमा पोजिटिभ देखिएको हो ।

    यससँगै जिल्लामा सक्रिय केश १ हजार ५० पुगेको छ । संक्रमित मध्ये ९०९ जना जिल्ला भित्र र १४१ जना जिल्ला बाहिरका बिभिन्न आईशोलसनमा रहेका छन् । यससँगै जिल्लाभर हालसम्म कोरोना संक्रमित हुनेको सङ्ख्या भने ५ हजार १७२ पुगेको छ ।

    जिल्ला भित्र अस्पताल आइसोलेसनमा २७, संस्थागत आइसोलेसनमा ३३ र होम आइसोलेसनमा ८४९ जना रहेका छन् । जिल्ला बाहिर अस्पताल आइसोलेसनमा ३० र होम आइसोलेसनमा १११ जना रहेका छन्।

    त्यस्तै जिल्लामा मृत्यु संख्या ६३ पुगेको छ। जिल्लामा आज १५४ स्वाब संकलन भएको छ भने ४८ एन्टिजेन परिक्षण भएको छ। हाल जिल्लाभरका २०० जनाको नतिजा आउन बाँकी रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।

    images
    images
    images
    प्रकाशित मिति :जेठ ३०, २०७८ आइतवार - १७:४७:३१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology