सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

शेयर बजारमा नयाँ रेकर्ड, परिसूचक तीन हजार नजिक

शेयर बजारमा नयाँ रेकर्ड, परिसूचक तीन हजार नजिक

नागरिक पाटी

३०, जेठ २०७८
  • 4.3K
    SHARES
  • शेयर बजारमा नयाँ रेकर्ड, परिसूचक तीन हजार नजिक
    images

    धादिङ । साताको पहिलो दिन आइतबार शेयर बजार परिसूचक, नेप्से ३८.३२ अंकले बढेको छ। बढेको बजार २९८३.११ विन्दुमा पुगेको छ। आज २२० कम्पनीको ३ करोड ७० लाख ७६ हजार कित्ता शेयर खरीदविक्री हुँदा १९ अर्ब ५५ करोड १ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। यो रकम नेप्सेमा एकैदिन कारोबार भएको हालसम्मकै उच्च हो।

    images

    आज कारोबारमा १२७ वटा कम्पनीको शेयर मूल्य बढ्दा ८८ वटा कम्पनीको मूल्य घटेको छ भने ५ कम्पनीको शेयर मूल्य स्थिर छ। आइतबार ब्यांकिङ, विकास ब्यांक, फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत्, लगानी र उत्पादन समूहमा लगानीकर्ताको उत्साह देखिएको छ।

    आइतबार श्री इन्भेष्टमेन्ट फाइनान्स, समृद्धि फाइनान्स, आईसीएफसी फाइनान्स, कर्णाली विकास ब्यांक र सिन्धु विकास ब्यांकको शेयर मूल्य १० प्रतिशतले बढेको छ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ३०, २०७८ आइतवार - १८:३३:१५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology