आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धादिङमा निषेधाज्ञा असार ८ सम्म थप , अत्यावश्क सामाग्रीका पसल ११ बजेसम्म खुल्ने

धादिङमा निषेधाज्ञा असार ८ सम्म थप , अत्यावश्क सामाग्रीका पसल ११ बजेसम्म खुल्ने

नागरिक पाटी

३१, जेठ २०७८
  • 6.8K
    SHARES
  • धादिङमा निषेधाज्ञा असार ८ सम्म थप , अत्यावश्क सामाग्रीका पसल ११ बजेसम्म खुल्ने

    धादिङ । धादिङमा असार ८ गते सम्म निषेधाज्ञा थप गरिएको छ । कोभिड–१९ को संक्रमण नियन्त्रण र रोकथामका लागि सोमबार बसेको कोभिड व्यवस्थापन समिति (DCCMC) को बैठकले असार ८ गते राति १२ बजेसम्म निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो। गत बैशाख २१ बाट सुरु भएको निषेधाज्ञा आज राति १२ बजे सकिँदै छ । यो सँगै जिल्लामा निषेधाज्ञा चौथो पटक थपिएको छ ।

    images

    बैठकले निषेधाज्ञा समयमा खाद्यान्न,फलफुल तरकारी र दुग्द्यजन्य पदार्थ, फ्रेस हाउस तथा मासु पसल लगायतका अत्यावश्क सामाग्री बिक्रि गर्ने पसल खुल्ने समय १ घण्टा थप गरेको छ । हाल बिहान ६ बजे देखि ९ बजेसम्म मात्रै खुल्दै आएको अत्यावश्क सामाग्री बिक्रि गर्ने पसल अब बिहान ११ बजेसम्म खोल्न पाउने भएको छ ।

    विकास निर्माणजन्य सामग्री बिक्री गर्ने दर्तावाल पसलहरू, विद्यार्थीहरूका पुस्तक बिक्री गर्ने पुस्तक पसलहरू र प्रिन्टिङ प्रेस पनि बिहान ६ बजे ११ बजेसम्म खुल्ला गर्न सकिने निर्णय भएको छ ।

    जिल्लाभित्र रहेका बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम कर्मचारी खटाई स्वास्थ्य तथा सुरक्षाका मापदण्ड पालना गरी गराई नियमित बैङ्किङ कारोबार गर्ने समेत निर्णय भएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।

    बैठकका निर्णयहरु : 

    199427927_2030834900403214_2634548274636981444_n.jpg

    images
    images
    images
    प्रकाशित मिति :जेठ ३१, २०७८ सोमवार - १५:१६:३७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology