शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गजुरी र धादिङबेशीको विभिन्न पसलमा अनुगमन, एक किराना पसललाई जरिवाना

गजुरी र धादिङबेशीको विभिन्न पसलमा अनुगमन, एक किराना पसललाई जरिवाना

नागरिक पाटी

५, आषाढ २०७८
  • 8.4K
    SHARES
  • गजुरी र धादिङबेशीको विभिन्न पसलमा अनुगमन, एक किराना पसललाई जरिवाना

    धादिङ । धादिङबेशीमा रहेका ३ ओटा र गजुरीमा रहेको एउटा गरी ४ ओटा बेकरीको अनुगमन गरिएको छ । संयुक्त बजार अनुगमन टोलीले शुक्रबार गरेको अनुगमनमा सबै बेकरीको अवस्था सामान्य रहेको जनाईएको छ । यद्यपी बेकरी सञ्चालकहरुलाई भने सरसफाई र उत्पादनस्थलमा स्वास्थ्य तथा सुरक्षाका मापदण्ड पुरा गर्न अनुरोध गरिएको छ ।

    images
    images

    यस्तै उद्देश्य विपरीत व्यवसाय संचालन गरेको र घरेलु मदिरा समेत बिक्री गरिरहेको पाइएकोले गजुरी गाउँपालिकाको मिलनटारमा रहेको बराई किराना पसललाई रु. ५००० जरिवाना गरी घरेलु मदिरा नष्ट गरिएको छ ।

    पछिल्लो १ महिना देखी बजार अनुगमन टोलीले निरन्तर अनुगमन गरिरहेको छ । उपभोक्ता स्वास्थ्यप्रति हेलचेक्र्याइँ गर्ने फर्म तथा पसलहरुलाई जरिवाना पनि गर्दै आएको सहायक प्रमुख जिल्ला अधिकारी तथा अनुगमन टोलीका सँयोजक गोकर्ण प्रसाद उपाध्यायले बताउनुभयो ।

    यो पनि :  

    धादिङमा बजार अनुगमन : ३५ ओटा पसल तथा फर्मलाई ५० हजारसम्म जरिवाना, कसलाई कति जरिवाना ?

    उपभोक्ताको गुनासो पछि धादिङबेसीको लक्ष्मी बेकरी उद्योगमा अनुगमन, उद्योगलाई २० हजार जरिवाना 

    धादिङमा बजार अनुगमनको २७ औं दिन : लामिछाने किराना स्टोरलाई ५० हजार जरिवाना

    धादिङमा बजार अनुगमन : धार्के, खानीखोला र सिम्लेको पसलबाट ठुलो सङ्ख्यामा म्याद गुज्रिएका सामान जफत

    गल्छि र थाक्रे गाउँपालिकाको खाद्यान्न तथा औषधी पसलमा अनुगमन, कुन पसललाई कति जरिवाना र जफत ?

     

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ ५, २०७८ शनिवार - ०८:१७:२९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology