शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गजुरी र बेनिघाटका कुपोषित बालबालिकाका परिवारलाई पोषण सामग्री सहयोग

गजुरी र बेनिघाटका कुपोषित बालबालिकाका परिवारलाई पोषण सामग्री सहयोग

उद्धव चेपाङ

६, आषाढ २०७८
  • 8.7K
    SHARES
  • गजुरी र बेनिघाटका कुपोषित बालबालिकाका परिवारलाई पोषण सामग्री सहयोग

    गजुरी । एम सि सि एन को सहयोगमा शान्ती नेपालद्वारा गजुरी र बेनिघाट रोराङ गाउँपालिकाका ५ बर्ष मुनिका बालबालिका परिवार, अति विपन्न, गर्भवति, सुत्केरी भएको परिवारला लाई पोषण सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । गजुरी गाउँपालिकामा २ सय १ घरपरिवार र बेनिघाट रोराङ गाउँपालिकाका ४ सय १४ घरपरिवारलाई पोषण सामग्री वितरण गरिएको हो ।

    images
    images

    194661268_2894758987463617_8746480182551831011_n.jpg
    घरमा खाद्यान्न सकिएको र कोरोना महामारीका कारण ज्याला मजदुरीको सम्भावना पनि नरहेका कारण कुपोषणको जोखिममा रहेका बालबालिका, गर्भवति तथा सुत्केरी महिला, सामाजिक सूरक्षा भत्ताबाट बन्चित असहाय ज्येष्ठ नागरिकका परिवारलाई पोषण सामाग्री वितरण गरिएको शान्ति नेपालका परियोजना संयोजक लाल प्रसाद पोखरेलले वताउनुभयो ।


    गत जेठ २९ गतेबाट शुरु गरेको पोषण सामग्री वितरण र्काक्रम अविरल बर्षाका कारण असार १ गते, ३ र ४ गते अवरुद्ध भई ५ गते सम्पन्न भएको थियो । कुपोषणमा परेका ५ बर्ष मुनिका बालबालिकाको पोषण अवस्थामा सुधार ल्याउन सहयोग पुर्याउने उद्देश्यले पोषण सामग्री वितरण गरिएको हो ।

    196833661_763149907675740_6106442600084569955_n.jpg
    ५ बर्षमुनिका कुपोषित बालबालिकाको परिवार ४ सय ५५ घर, गर्भवति भएको परिवार २१ घर, सुत्केरी भएको परिवार ९ घर, अति विपन्न ६९ घरपरिवार, ज्येष्ठ नागरिक ८ परिवार, एकल महिलाको ७ परिवार र ३ अपाङ्गता भएको परिवारलाई पोषण सामग्री सहयोग गरेको हो । बितरित पोषण सामग्री अन्तर्गत चामल ३० किलो, दाल दुई किलो, तेल दुई लिटर, चिनी दुइ किलो, नुन दुई किलो, अन्डा एक क्रेट, सर्बोत्तम पिठो तीन किलो र साबुन तिन वटा समाबेश गरिएको थियो । पोषण सामग्री वितरणबाट लाभग्राही परिवारका ५ बर्ष मुनिका बालबालिका ८ सय ३३ जना, ६ देखी ५९ बर्षका १ हजार ८ सय ५३ जना र ६० बर्ष माथिको १ सय २३ जना लाभान्वित भएका छन् ।


    शान्ति नेपालले सामुदायिक पोषण स्वयमसेवक, आमा समुह तथा साुमदायिक संस्थाहरुको सिफारिस र वडाको कार्यालयको स्वीकृतीमा छनौट भएका परिवारहरुलाइ वडाको रोहबरमा बितरण गरेको हो । पोषण सामग्री बितरण कार्यक्रममा सम्बन्धित वडाका जनप्रतिनिधी, स्वास्थ्य सस्थाका प्रतिनिधि, खाद्द्य अधिकार सन्जाल बेनिघाट रोराङका सम्योजकको उपस्थिती रहेको थियो । शान्ति नेपाल र गाउँपालिकाको साझेदारीमा गजुरी गाउँपालिका र बेनिघाट रोराङ गाउँ पालिकामा १ सय ३४ वटा वृद्दि अनुगमन केन्द्र सञ्चालन गर्दै आईरहेको छ ।
    गजुरी गाउँपालिका र बेनिघाट रोराङ गाउँपालिकाका वृद्दि अनुगमन केन्द्रमा प्रत्येक महिना २ हजार ६ सय ४२ जना ५ बर्ष मुनिका बालबालिकाको नियमित तौल अनुगमन भइरहेको छ । वृद्दि अनुगमन गरिएका बालबालिकामध्ये अझै पनि ६ प्रतिशत अति कम तौल, ३ प्रतिशत शिघ्र ख्याउटेपन र २० प्रतिशत बालबालिका कडा पुड्कोपन रहेको छ । त्यस्तै १९ प्रतिशत मध्यम कम तौल, ५ प्रतिशत मध्यम ख्याउटेपन र २५ प्रतिशत मध्यम पुड्कोपन रहेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ ६, २०७८ आइतवार - २१:२४:३२ बजे

    उद्धव चेपाङ

    पत्रकार तथा सञ्चारकर्मी चेपाङ नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology