शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धुनिवेशी नगरपालिकाद्धारा ७७ करोड २५ लाख रुपैँया बराबरको बजेट विनियोजन

धुनिवेशी नगरपालिकाद्धारा ७७ करोड २५ लाख रुपैँया बराबरको बजेट विनियोजन

नागरिक पाटी

१०, आषाढ २०७८
  • 14.4K
    SHARES
  • धुनिवेशी नगरपालिकाद्धारा ७७ करोड २५ लाख रुपैँया बराबरको बजेट विनियोजन

    धादिङ (रमाईलोचौर) । धुनिवेशी नगरपालिकाद्धारा आगामी आर्थिक वर्षका लागि ७७ करोड २५ लाख २८ हजार ७०० रुपैँया बराबरको बजेट विनियोजन गरिएको छ । वडा नम्बर ३ नवनिर्मित भवनमा गरिएको नगरपालिकाको नवौँ नगरसभा मार्फत आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि उक्त रकम बराबरको बजेट विनियोजन गरिएको हो ।

    images
    images

    बिहीबार नगर सभा मार्फत उपप्रमुख निरु खरेलले आन्तरिक आयआर्जनसँगै अन्तर सरकारी वित्तीय हस्तान्तरण, केन्द्र तथा प्रदेश सरकारको राजस्व बाँडफाँड तथा विविध कोष तथा आयबाट स्रोत व्यवस्थापन गर्ने गरी नगरको आर्थिक वर्षको बजेट विनियोजन गर्नुभएको हो ।

    प्रस्तुत बजेटमा राजस्वतर्फ २१ करोड ९० लाख ८३ हजार ५ सय ५८, आन्तरिक स्रोततर्फ ८ करोड ८४ लाख ९४ हजार, एकिकृत सम्पत्ती कर २५ करोड, ब्यबसाय कर ५ करोड ६८ लाख २२ हजार क्रमशः रहने नगरपालिकाले प्रक्षेपण गरेको छ ।

    गत आर्थिक बर्ष २०७७र७८ को नगद मौज्दात ११ करोड ७९ लाख ७५ हजार १ सय ४२ रहेको छ । संघिय सरकार अन्तर्गत समानिकरण अनुदानमा १६ करोड २० लाख, शसर्त अनुदान चालु तर्फ १७ करोड ४८ लाख, शसर्त अनुदान पुँजीगततर्फ २८ करोड, बिषेश अनुदान चालुतर्फ ८३ करोड, प्रदेश सरकार तर्फ ६ करोड २६ लाख ७० हजार चालु आर्थिक बर्ष २०७८÷७९ को अनुमानित आय रहेको छ ।

    कुल विनियोजन मध्ये कुल बजेटको ४९.५८ प्रतिशत र पुँजिगत तर्फ कुल बजेटको ५०.४२ प्रतिशत खर्चको अनुमान गरिएको छ ।
    क्षेत्रगत रुपमा आर्थिक विकास तर्फ ६ करोड ६२ लाख ५ हजार, सामाजिक विकास क्षेत्र तर्फ २९ करोड १ लाख ७३ हजार ७०० बजेट विनियोजन गरिएको छ ।

    यस्तै पुर्वाधार विकास क्षेत्र तर्फ २५ करोड ९८ लाख ७४ हजार , सुशासन तथा अन्र्तसम्बन्धि क्षेत्र तर्फ ६५ लाख २५ हजार र कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्र तर्फ १४ करोड ९७ लाख ५१ हजार रुपैँया बजेट विनियोजन गरिएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १०, २०७८ बिहिवार - १६:४४:१२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology