आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

तेह्रथुम पावर कम्पनीलाई आइपीओ निष्कासनको अनुमति

तेह्रथुम पावर कम्पनीलाई आइपीओ निष्कासनको अनुमति

नागरिक पाटी

११, आषाढ २०७८
  • 6.2K
    SHARES
  • तेह्रथुम पावर कम्पनीलाई आइपीओ निष्कासनको अनुमति

    काठमाण्डौं । पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले तेह्रथुम पावर कम्पनी लिमिटेडलाई आईपीओ निष्कासन गर्नको लागि अनुमति दिएको छ । कम्पनीलाई बोर्डले असार १० गते पावरले स्थानीय र सर्वसाधारणलाई गरी कुल १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आईपीओ निष्कासन गर्ने अनुमति दिएको हो ।

    images

    कम्पनीले चुक्ता पूँजीको ३० प्रतिशत बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । बोर्डको अनुमति पाएसँगै तेह्रथुम पावरले स्थानीय र सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्नेछ ।

    कम्पनीको आइपीओ विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीको आर्इपीओलाई औसत भन्दा कम अवस्था जनाउने ग्रेड ४ प्लस रेटिङ दिएको छ ।

    कम्पनीले तेह्रथुम जिल्लामा ७।५ मेगावटको अपर खोरुङ स्मल हाइड्रोपावर प्रोजेक्ट निर्माण गरिरहेको छ । यस जलविद्युत आयोजनाको प्रतिमेगावट लागत १८ करोड ३० लाख रुपैयाँका दरले कुल लागत १ अर्ब ३७ करोड ६० लाख रुपैयाँ रहेको छ ।

    तेह्रथुम पावर कम्पनीले आईपीओबाट संकलन गर्ने रकम निर्माणाधिन अपर खोरुङा स्मल हाइड्रोपावर प्रजेक्टमा लागनी गर्ने जनाएको छ । सन् २००९ मा स्थापना भएको हाइड्रोपावर कम्पनीको चुक्ता पूँजी २८ करोड रुपैयाँ छ । आईपीओ बिक्रीपछि कम्पनीको चुक्ता पूँजी ४० करोड पुग्नेछ ।

    images
    images
    images
    प्रकाशित मिति :आषाढ ११, २०७८ शुक्रवार - १९:५१:०८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology