आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

युनियन लाइफ इन्स्योरेन्सलाई आईपिओ निष्काशनको अनुमति

युनियन लाइफ इन्स्योरेन्सलाई आईपिओ निष्काशनको अनुमति

नागरिक पाटी

१४, आषाढ २०७८
  • 19.7K
    SHARES
  • युनियन लाइफ इन्स्योरेन्सलाई आईपिओ निष्काशनको अनुमति

    काठमाण्डौँ । नेपाल धितोपत्र बोर्डले युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेलाई आईपीओ निष्कासनको अनुमति प्रदान गरेको छ । आईतबार नै कम्पनीलाई आईपिओ निष्काशनको अनुमति प्रदान गरिएको भएपनि आज मात्र कम्पनीले आईपिओको अनुमति प्राप्त गरेको सुचना धितोपत्र बोर्डको वेबसाईटमा राखिने बोर्डले जनाएको छ ।

    images

    कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार साधारण सेयर (आईपीओ) निष्कासन गर्न जेठ ९ गते आइतबार सेबोनमा निवेदन पेश गरेको थियो । कम्पनीको उक्त आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ ।

    बोेर्डले आईपिओ निष्काशनको अनुमति दिएपछि अब यसै असार महिना भित्रमै आईपिओ बिक्रि खुल्ला गर्नेगरी तयारी भईरहेको स्रोतले जनाएको छ ।

    कम्पनीको साधारण सेयर (आईपीओ) लाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा आइआर बीबीबी’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनीको समयमा वित्तीय दायित्व पूरा गर्ने क्षमता औसतमा मध्यम जोखिम रहेको संकेत गर्दछ । यो रेटिङले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ ।

    हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५० करोड ५० लाख रूपैयाँ रहेको छ । साधारण सेयर (आईपीओ) निष्कासन गरे पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब नाघ्नेछ । बीमा समितिको निर्देशन अनुसार चुक्तापूँजी २ अर्ब पुर्याउनुपर्ने भएकाले कम्पनी आईपीओ निष्कासन गर्न लागेको हो ।

    images
    images
    images
    प्रकाशित मिति :आषाढ १४, २०७८ सोमवार - १८:३०:१३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology