सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

असार १७ गतेदेखि मनकामना स्मार्ट लघुवित्तको आईपीओ खुल्ने

असार १७ गतेदेखि मनकामना स्मार्ट लघुवित्तको आईपीओ खुल्ने

नागरिक पाटी

१४, आषाढ २०७८
  • 6.6K
    SHARES
  • असार १७ गतेदेखि मनकामना स्मार्ट लघुवित्तको आईपीओ खुल्ने
    images

    काठमाण्डौँ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले असार १७ गतेदेखि प्राथमिक साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री गर्ने भएको छ । कम्पनीले १ सय रुपैयाँ अंकित दरका ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन गर्नेछ। जसमध्ये ६ हजार ५८ कित्ता कर्मचारीलाई, १९ हजार ४५० कित्ता सामूहिक लगानी कोष र बाँकि ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणका लागी छुट्याईएको छ ।

    images

    लघुवित्तले जारी पूँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँको ३२.११ प्रतिशत आईपीओ निष्कासन गर्ने भएको हो। लगानीकर्ताले न्यूनतम् १० कित्ता र अधिकतम १ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा असार २१ गतेसम्म र ढिलोमा ३१ गतेसम्म आवेदन गर्न सकिनेछ।

    लगानीकर्ताहरुले अनलाईन मार्फत मेरो शेयरबाट आवेदन दिन सक्नेछन् । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाहरुबाट पनि आवेदन दिन सकिनेछ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १४, २०७८ सोमवार - १८:५९:१५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology