सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

मनकामना स्मार्ट लघुवित्तको आईपीओ खुल्यो

मनकामना स्मार्ट लघुवित्तको आईपीओ खुल्यो

नागरिक पाटी

१७, आषाढ २०७८
  • 8.4K
    SHARES
  • मनकामना स्मार्ट लघुवित्तको आईपीओ खुल्यो
    images

    काठमाण्डौँ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले १७ असार देखि सर्वसाधारणका लागि आईपीओ निश्कासन गरेको छ । कम्पनीले चुक्ता पुँजीको ३२.११ प्रतिशत शेयर जारी गरेको हो ।

    images

    प्रतिकित्ता १०० अंकित मूल्यका ३ लाख ८९ हजार कित्ता अर्थात ३ करोड ८९ लाख रुपैयाँ बराबरको साधारण शेयर जारी गरेको कम्पनीले ६ हजार ५८ कित्ता कर्मचारी र १९ हजार ४ सय ५० कित्ता सामुहिक लगानी कोषहरूको लागि छुट्याएइको छ । बाँकी रहेको ३ लाख ६३ हजार ४९२ कित्ताको लागि मात्र सर्वसाधारणले आवेदन दिन पउनेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

    कम्पनीमा नेपाल धितोपत्र बोर्डबाट सि आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै मेरोशेयर सफ्टवेयरबाट आवेदन दिन सकिनेछ । छिटोमा २१ असार र ढिलोमा ३१ असारमा निश्कासन बन्द हुने कम्पनीले जनाएको छ ।

    कम्पनीको बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १७, २०७८ बिहिवार - १२:१६:३० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology