आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

मनकामना स्मार्ट लघुवित्तको आईपिओमा कति पर्यो आवेदन ?

मनकामना स्मार्ट लघुवित्तको आईपिओमा कति पर्यो आवेदन ?

नागरिक पाटी

१७, आषाढ २०७८
  • 4.7K
    SHARES
  • मनकामना स्मार्ट लघुवित्तको आईपिओमा कति पर्यो आवेदन ?

    काठमाण्डौँ । बिहीबारदेखि साधारण शेयर निष्काशन गरेको मनकामना स्मार्ट लघुवित्तको साधारण शेयरमा पहिलो दिनमा झण्डै ६ लाख वटा आवेदन परेको छ । बिहीबार साँझ ५ बजेसम्ममा ५ लाख ८९ हजार ८१२ वटा आवेदनबाट लघुवित्तको ७९ लाख ७२ हजार ८२० कित्ता शेयर माग भएको केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) ले जनाएको छ ।

    images

    कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन गरेको हो। जसमध्ये ६ हजार ५८ कित्ता कर्मचारीलाई, १९ हजार ४५० कित्ता सामूहिक लगानी कोष र बाँकि ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणका लागी छुट्याईएको छ ।

    लघुवित्तले जारी पूँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँको ३२।११ प्रतिशत आईपीओ निष्कासन गरेको हो। लगानीकर्ताले न्यूनतम् १० कित्ता र अधिकतम १ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा असार २१ गतेसम्म र ढिलोमा ३१ गतेसम्म आवेदन गर्न सकिनेछ।

    लगानीकर्ताहरुले अनलाईन मार्फत मेरो शेयरबाट आवेदन दिन सक्नेछन् । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाहरुबाट पनि आवेदन दिन सकिनेछ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ ।

    images
    images
    images
    प्रकाशित मिति :आषाढ १७, २०७८ बिहिवार - १८:३५:५३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology