सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

एचआईडिसीएलले ११ अर्ब रुपैयाँको हकप्रद सेयर बिक्री गर्ने

एचआईडिसीएलले ११ अर्ब रुपैयाँको हकप्रद सेयर बिक्री गर्ने

नागरिक पाटी

१८, आषाढ २०७८
  • 8.2K
    SHARES
  • एचआईडिसीएलले ११ अर्ब रुपैयाँको हकप्रद सेयर बिक्री गर्ने
    images

    काठमाण्डौँ । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड ९ज्क्ष्म्ऋी० ले साउन ५ गतेदेखि ११ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर बिक्री खुला गर्ने भएको छ।

    images

    कम्पनीले एक बरारबर एक अनुपातमा ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो। उक्त हकप्रद शेयरमा साउन ५ गतेदेखि साउन २५ गतेसम्म आवेदन दिन पाइनेछ ।

    गत जेठ २७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम यस कम्पनीका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्। कम्पनीले हकप्रद प्रयोजनार्थ जेठ २८ गते बुकक्लोज गरेको थियो।

    कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। हकप्रदमा ग्लोबल आइएमई क्यापिटल, ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत आवेदन दिन पाउनेछन्।

    हाल ११ अर्ब रुपैयाँ रहेको यस कम्पनीको चुक्ता पूँजी हकप्रद निष्काशन तथा बाँडफाँटपछि २२ अर्ब रुपैयाँ पुग्नेछ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १८, २०७८ शुक्रवार - ०९:०६:०८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology