सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

नेप्सेको कारोबार रकम सवा चार अर्बमा सिमित

नेप्सेको कारोबार रकम सवा चार अर्बमा सिमित

नागरिक पाटी

२२, आषाढ २०७८
  • 3.4K
    SHARES
  • नेप्सेको कारोबार रकम सवा चार अर्बमा सिमित
    images

    काठमाण्डौँ । अघिल्ला दुई कारोबार दिन लगातार घटेको नेप्सेले मंगलबार पनि सोही प्रवृत्ति पछ्याएको छ । यसअनुसार मंगलबार ५.२४ अंक घटेर समग्र नेप्से २ हजार ८ सय १८।१० अंकमा ओर्लिएको छ । अघिल्लो दिनको तुलनामा नेप्से ०.१९ प्रतिशत कम हो । गत आइतबार नेप्से करिब साढे ६ अंक र सोमबार करिब १२ अंक घटेको थियो ।

    images

    नेप्से परिसूचकसँगै कारोबार रकममा पनि लगातार गिरावट आएको छ । मंगलबार करिब ४६ हजार कारोबारबाट २ सय २० कम्पनीका १ करोड १ लाख ३५ हजार २ सय ९ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ४ अर्ब २२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो । कारोबार रकम अघिल्लो दिनको तुलनामा कम हो । सोमबार ४ अर्ब ५८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । यसअघि नेप्से निरन्तर बढिरहँदा दैनिक करिब २० अर्ब रुपैयाँसम्म कारोबार भएको थियो ।

    आर्थिक वर्षको अन्तिम साता भएकाले पनि सेयर बजारमा उत्साह नदेखिएको जानकारहरु बताउँछन् । कोभिड–१९ को कारणले सृजित लकडाउनका कारण अर्थतन्त्रका अन्य गतिविधि ठप्प भएकाले लगानीकर्ता सेयर बजारमा भित्रिएका थिए । यही कारण सेयर बजारले उच्च गति लिएको थियो । बैंक तथा वित्तीय संस्थाले ठूलो परिणामका सेयर कर्जा प्रवाह गरेका छन् । यही कारण राष्ट्र बैंकले आगामी मौद्रिक नीतिमा सेयर कर्जा सम्बन्धमा के कस्तो नीतिगत व्यवस्था गर्ने भन्नेबारे व्यापक छलफल चलाएको छ । अहिले लगानीकर्ता आगामी मौद्रिक नीतिको पर्खाइमा रहेको जानकारहरुको भनाइ छ ।

     

     

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ २२, २०७८ मंगलवार - १९:०४:१७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology