सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

तिन हाइड्रोपावर कम्पनीले आईपिओ निष्कासन गर्ने

तिन हाइड्रोपावर कम्पनीले आईपिओ निष्कासन गर्ने

नागरिक पाटी

२३, आषाढ २०७८
  • 5.1K
    SHARES
  • तिन हाइड्रोपावर कम्पनीले आईपिओ निष्कासन गर्ने
    images

    काठमाण्डौं । आइपीओ निष्कासनका ३ हाइड्रोपावर कम्पनी आइपीओ जारी गर्न लाइनमा रहेको धितोपत्र बोर्डले जनाएको छ। पहिले पहिले थोरै कम्पनीका आइपीओ आउने र बाँडफाँट छिटो हुन्थ्यो। अब धेरैको छिटो छिटो आउने भएपछि एउटाको बाँडफाँट र दोस्रो बजार कारोबार सुरु नहुँदै अर्कोको आवेदन खुला हुने भएको छ।

    images

    करिब दुई महिना लामो निषेधाज्ञाका कारण आइपीओ निष्कासनको प्रक्रिया पनि अवरुद्ध भएपछि एकसाथ धेरै कम्पनीको आइपीओ जारी हुने भएको हो।

    प्रक्रियामा रहेका हाइड्रोपावरहरुमा सयपत्री हाइड्रोपावर कम्पनीको रु ९ करोड बराबरको ९ लाख कित्ता शेयर आइपीओ बिक्री खुला गर्न पालो पर्खिरहेको लाइनमा छ ।

    यस्तै, अपर सोलु हाइड्रोइलेक्ट्रिक कम्पनीले रु ३३ करोड ७ लाख ५० हजार बराबरको ३३ लाख ७ हजार ५०० कित्ता शेयर र दोर्दीै खोला जलविद्युत कम्पनीले रु.२९ करोड ५१ लाख ९२ हजार ९०० बराबरको २९ लाख ५१ हजार ९२९ कित्ता शेयर आइपीओ बिक्री खुला गर्न पालो पर्खिरहेको लाइनमा छन ।


    जलविद्युत कम्पनीहरुले अनुमति पाए पनि पहिलो चरणमा स्थानीय प्रभावितलाई आइपीओ जारी गरेर दोस्रो चरणमा मात्रै सर्वसाधारणलाई बिक्री वितरण गर्ने भएकाले कम्तिमा एक महिनाभन्दा बढी समय लाग्न सक्ने देखिन्छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ २३, २०७८ बुधवार - १७:३६:३८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology