आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

पत्यारै छैन कसरी लेखुँ श्रद्धाञ्जली !

पत्यारै छैन कसरी लेखुँ श्रद्धाञ्जली !

  • 22.7K
    SHARES
  • पत्यारै छैन कसरी लेखुँ श्रद्धाञ्जली !

    आज असार २३ गते तपाई (योवराज बराल) को १३ औ पुन्य तिथि । कामका शिलशिलामा बागमती प्रदेशको राजधानी रहेको जिल्लाको भौगोलिक विविधताले भरीपूर्ण रहेको राक्सिराङ गाँउपालिकाबाट पत्याउनै नसक्ने खवर सुने । एकछिन श्वासप्रश्वास नै रोकियो । यथार्थता पत्ता लगाउन समकक्षी र सहकर्मीहरुसंग बुझेँ मैले, सुनेकै सत्य सावित रहेछ । टाढा पुगेको र आफ्नो नीजि सवारी साधन नभएकाले तपाईको अन्तिम विदाईमा उपस्थित हुन सकिन । आठौँ पुन्य तिथिको दिन तपाईको घरमा पुग्दा मेरा आँखाले माल्यअर्पणको लागि राखिएको तपाईको तस्वीर देखे मात्र । केही वेर वोल्न सकिन । केही समयपछि तपाईका छोराहरुसंग केही कुरा गरे तर पनि तपाईको त्यो दिनको घटना दो¥याउन/कोट्याउन आँट गरिन । तपाइकी धर्मपत्नी (दिदी) लाई मुखमा हेरेर बोल्न पनि सकिन । मैले बोलाए तर सन्नु भएन र तपाईको तस्वीरमा माल्यअर्पण गरेर हिँडे । सामान्यतया माल्यअर्पण पहिल्यै गरिन्छ ।

    images

    मध्यम वर्गिय परिवार र पञ्चायती राजनीतिक पृष्ठभुमिबाट जन्मे हुर्केको तपाई कम्युनिष्ट हुनु भयो । तपाई मात्र होइन बुवा खड्ग बहादुर (उपप्रधान पञ्च) जेठा दाजु स्व. सूर्य बहादुर (प्रधानपञ्च) कम्युनिष्ट हुनु भयो । राजनीति पृष्ठभुमिमा हुर्केकाले पनि केही राजनीति संस्कार पहिले नै थियो । तर हुने खाने परिवारको कान्छो छोरा हक्की, निडर, छिटो निर्णय लिने क्षमता तपाईका गुण थियो । कम्युनिष्ट पार्टीको काँडेतारको अनुसानमा रहेर काम गर्नु तपार्इका लागि चानचुने कुरा थिएन । तर पनि निर्णय प्रक्रियामा एउटै बैठकमा दर्जनौँ विमितिका विच सामूहिक निर्णय गरि हुबहु कार्यान्वयन गराउने तपाईको प्रतिवद्धता र व्यवहारिकता नै तपाइर्कको सवल पक्ष थियो । पार्टी संस्थापकहरु बाहिर बसेर तपाईलाई उम्मेदवार बनाई रहदाँ तत्कालिन पञ्चहरुले मालेबाट ठिटो उठेको छ । जित्ने त म अनुभवीले नै हुँ भन्दै हिड्ने पूर्व पञ्चलाई तेश्रो नम्वर बनाउन सकेका थियौँ । एकता नै बल हो भन्ने पाठ सिक्यौँ ।

    २०४७ सालमा पार्टी संगठनमा लागेर २०४८ सालको आम निर्वाचनमा पार्टीको झण्डा बोकेर पार्टीमा स्थापित तपाई २०४९ सालको स्थानीय चुनावमा किराञ्चोक गाविसको पहिलो अध्यक्ष बन्नु भयो । पहिलो कार्यकालमै वेल्खु खोलामा झोलुङपुल बनाउन भुमिका खेल्नु भयो । २०५० सालमा उपस्वास्थ्य चौकी स्थापना, पार्टी कमिटीको निर्णयलाई हुबहु कार्यान्वयन गराउने दौरानमा तपाई आफैँले कखरा पढेको स्कुललाई २०५२ सालमा निम्न माध्यमिक बनाउन नेतृत्व गर्नु भयो । २०५१ सालको मध्यावधी निर्वाचन पश्चात एमालेको अल्पमतको सरकारको “आफ्नो गाँउ आफै बनाउ” कार्यक्रमलाई वस्तीस्तरसम्म गाँउ विकास समितिको अध्यक्षको हैसियतमा व्यावहारिक कार्यान्वयन गराउनु भयो । आदमघाट रामाचिरा सडक (राजेन्द्र प्रसाद पाण्डेको २०४७ सालको सम्वोधन) निर्माणमा सक्रिय नेतृत्व निर्वाह गर्दै पखार्ले वरभन्ज्याङ थुम्कीडाँडा सडक निमार्ण कार्यको थालनी गर्नु भयो ।

    स्थानीय निकायको दोश्रो निर्वाचनमा उम्मेद्वारी चयनको लागि डाँडागाँउ बैठक (भिमसेन अधिकारी घर) तपाई र स्वयं बैठकमा सहभागिहरुका लागी स्मरण योग्य नै थियो । ३६ घण्टा चलेको बैठक भित्रका तितामिठा घटना, वाद प्रतिवाद ढोकाबाट मात्र होइन झ्याल वा खोटुप्वालबाट समेत बाहिर आएन । अन्तत तपाई सहित राम बहादुर पण्डितले पूनः क्रमशः अध्यक्ष र उपाध्यक्षको जिम्मेवारी पाउनु भयो । जनताबाट पून अनुमोदित हुनु भयो । दोश्रो कार्यकालमा सडक निमार्णलाई प्राथमिकतामा राखि पखार्ले बरभन्ज्याङ थुम्कीडाँडा सडक निमार्णमा श्रमदान गराउने निर्णय गराउनु भएको थियो । र सोही अनुसार कार्यान्वयन पनि प्रभावकारी भएको थियो । २०५२ सालमा शूरु गरेको निम्न माध्यमिक विद्यालय २०५८ सालमा माध्यमिक बनाउन नेतृत्व गर्नु भयो । जहाँबाट वार्षिक ३० जना भन्दा बढीले माध्यामिक शिक्षा उत्तिर्ण गर्दै आएका छन् ।
    लामो समयसम्म एमाले पार्टीको १२ नं। इलाका कमिटीमा रहेर काम गर्नु भयो । २०६४ सालमा नेकपा एमालेको जिल्ला अधिवेशनबाट जिल्ला कमिटीको सदस्य बन्नु भयो । किरान्चोक कृषि सहकारी संस्था लिमिटेडको २०७१ सालमा अध्यक्ष हुनु भयो । यी तपाईका पूर्व पदहरुले हामीलाई तपाईप्रतिको सम्झनालाई प्रगाढ बनाइ राख्ने छ ।

    राजनीतिमा लागेका कारण तपाईलाई भौतिक सफाईका लागि तत्कालिन युद्धरत नेकपा माओवादीले छ जनाको सुची सार्वजानिक गर्दा नम्वर १ मा तपाईको नाम थियो । त्यो अवस्थाबाट बच्दै आएर संगै रहेको छोरासंग समेत दोहोरोवाद गर्न नपाउनुले तपाईका सदस्यहरुलाई पिडा छ नै । तर तपाईका सहकर्मी, समकक्षी, अग्रज र पछिल्लो पुस्ताका साझेदारहरुलाई नै पनि उत्तिकै पिडा भएको छ ।

    तपाई समग्रमा सफल हुनु भयो । तपाईको समकालिन राजनीतिका एक सदस्यका हिसावले केही विषयमा फरक मत राखे । तर त्यो फरक मत सर्वसम्मतिमा टुङ्ग्याएर सामूहिक निर्णयमा कार्य सम्पादन गरिएकोले असमझदारी क्षणिक मात्र भए । तपाईको एउटा चाहना पुरा गराउन सकिएन । जुन स्वयंलाई थाहा थियो । निकै ढिला भईसक्यो के गरौँ भन्नु भएको थियो । प्रतिस्पर्धा हो तपाई भाग लिनुस् मरो समर्थन आवश्यक सहयोग हुन्छ भनेको थिएँ । म पहिल्यै भाग नलिने निर्णयमा पुगिसकेँ भनेर तपाईले भाग लिनु भयो । पार्टीले तपाईको पक्षमा निर्णय लिएन र गजुरी गाँउपालिका अध्यक्ष हुन सक्नु भएन ।

    तपाईबाट सिक्नु पर्ने निकै महत्वपूर्ण पाठ थिए । साक्षात्कार गर्न मौका त गुमायौ । तर पनि समकालिनहरुले व्यवहारमा उतारेर अरुलाई सिकाउन सके नयाँ पुस्तालाई समेत कामकाजी हुन सक्छ । भारी मनका साथ हार्दिक श्रद्धाञ्जली......

    लेखक गजुरी गाँउपालिका वडा नं ८ निवासी हुनुहुन्छ।

    images
    images
    images
    प्रकाशित मिति :आषाढ २३, २०७८ बुधवार - २०:१५:२५ बजे

    राजेन्द्र कुमार बस्नेत

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology