आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

युनियन लाइफ इन्स्योरेन्सको आईपीओ बिक्री खुला

युनियन लाइफ इन्स्योरेन्सको आईपीओ बिक्री खुला

नागरिक पाटी

२४, आषाढ २०७८
  • 23.4K
    SHARES
  • युनियन लाइफ इन्स्योरेन्सको आईपीओ बिक्री खुला

    काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सले आजदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा ६४ करोड २० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता सेयर सार्वजनिक निष्कासन गरेको हो । जसमध्ये ३ लाख २२ हजार ५ सय कित्ता कर्मचारीका लागि र ३ लाख २२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरेर बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सेयर सर्वसाधारणालाई बिक्री खुला गरेको हो ।

    images

    कम्पनीको आईपीओमा छिटोमा असार २८ गते र ढिलोमा साउन ७ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३२ हजार २५० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

    कम्पनीले आईपीओ निष्कासनका लागि निष्कासन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । उक्त आईपीओ सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

     

    images
    images
    images
    प्रकाशित मिति :आषाढ २४, २०७८ बिहिवार - ११:०१:१६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology