सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

युनियन लाइफको आईपीओमा दोस्रो दिन करिब ३ गुणा बढीको आवेदन

युनियन लाइफको आईपीओमा दोस्रो दिन करिब ३ गुणा बढीको आवेदन

नागरिक पाटी

२५, आषाढ २०७८
  • 6.5K
    SHARES
  • युनियन लाइफको आईपीओमा दोस्रो दिन करिब ३ गुणा बढीको आवेदन
    images

    काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओमा दोस्रो दिनसम्म करिब तीन गुणा बढी आवेदन परेको छ । कम्पनीको बिक्री प्रवन्धक प्रभु क्यापिटलले दिएको जानकारी अनुसार दोश्रो दिन नै २.९४ गुणाले बढी आवेदन परेको छ ।

    images

    ६४ लाख ५० हजार कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५८ लाख ५ हजार कित्ता शेयर निष्काशन गरिएकोमा निष्काशनको दाश्रो दिन अपरान्ह ३ः३० बजे सम्म ११ लाख २८ हजार ३ सय ८४ जना सर्वसाधारण लगानीकर्ताहरुबाट १ अर्ब ८९ करोड ७९ लाख ९३ हजार रकम बराबरको १ करोड ८९ लाख ७९ हजार ९ सय ३० कित्ता शेयरको लागि आवेदन परेको छ ।


    यो आइपिओको निष्काशन तथा बिक्री प्रबन्धकको कार्य प्रभु क्यापिटल लिमिटेडले गरेको हो । यो आइपिओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता देखि अधिकतम ३२ हजार २ सय ५० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । यो आइपिओमा आवेदन दिने अन्तिम समय छिटोमा असार २८ गते सोमबारसम्म रहेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ २५, २०७८ शुक्रवार - १७:०२:५६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology