काठमाण्डौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि आईपिओ जारी गर्ने भएको छ । सर्वसाधारणमा प्रतिकित्ता अंकित मूल्य एक सय रुपैयाँ अंकित दरको ३ लाख ९५ हजार ३३५ दशमलव ९७०४ कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्न लागेको हो ।
आईपीओ निष्काशनका लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा लघुवित्त वित्तीय संस्था र क्यापीटलबीच शेयर निष्कासन सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
वित्तीय संस्थाले हाल ३७ वटा शाखा कार्यालयहरु मार्फत राष्ट्रियस्तरमा ४७ हजार भन्दा बढी विपन्न परिवारलाई समूहमा आवद्ध गरी वित्तीय सेवा दिंदै आईरहेको छ ।