शुक्रवार, मंसिर ४ गते २०८३

Friday, Nov 20 2026 शुक्रवार, मंसिर ४ गते २०८३

नेपालमा थप २१ सय ६९ जनामा कोरोना संक्रमण, २२ जनाको मृत्यु

नेपालमा थप २१ सय ६९ जनामा कोरोना संक्रमण, २२ जनाको मृत्यु

नागरिक पाटी

२६, आषाढ २०७८
  • 4.7K
    SHARES
  • नेपालमा थप २१ सय ६९ जनामा कोरोना संक्रमण, २२ जनाको मृत्यु

    धादिङ । देशभर आज २ हजार १६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाबाट ६ हजार ५३० जनाको पीसीआर गर्दा १ हजार ३५३ जना र ३ हजार ८८७ जनाको एन्टिजिन परिक्षणमा ८ सय १६ गरी कुल २ हजार १६९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । बिहीबार मात्रै २ हजार २३९ संक्रमित थपिएका थिए ।

    images

    यससँगै हालसम्म देशभर कोरोना संक्रमितको हुनेको संख्या ६ लाख ९७ हजार २५७ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा १ हजार ४३२ जना निको भएसँगै देशभर हालसम्म निको हुनेको सङ्ख्या ६ लाख १८ हजार ३६१ पुगेको छ ।

    सक्रिय केश २७ हजार ८७ जनामा आईपुगेको छ भने कोरोना सङ्क्रमणमुक्त हुनेको दर ९४ दशमलव ५ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा थप २२ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । यो सहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार ३ सय ६२ पुगेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ २६, २०७८ शनिवार - १७:४५:०१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology