सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

मनकामना स्मार्टको आइपिओ भोलि बाँडफाँड हुने

मनकामना स्मार्टको आइपिओ भोलि बाँडफाँड हुने

नागरिक पाटी

२७, आषाढ २०७८
  • 3.7K
    SHARES
  • मनकामना स्मार्टको आइपिओ भोलि बाँडफाँड हुने
    images

    धादिङ ।  मनकामना स्मार्ट लघुवित्तको आइपिओ भोलि सोमबार बाँडफाँड हुने भएको छ। बिक्री प्रवन्धक एनएमबी क्यापिटलका अनुसार साढे ९ बजे आइपिओ बाँडफाँड हुने भएको हो। कम्पनीले कुल ३ लाख ८९ हजार कित्ता सर्वसाधारण समूहको आइपिओ जारी गरेको हो। जसमध्ये सामुहिक लगानी कोष र कर्मचारीलाई छुट्याएपछि बाँकी रहेको ३ लाख ६३ हजार ४९२ कित्ता सेयर सर्वसाधारणका लागि बाँडफाँड गरिनेछ।

    images

    अर्थात पहिले ३६ हजार ३४९ जनालाई १० कित्ताका दरले बाँडफाँड गरिनेछ। तिमध्येबाटै १० भन्दा बढीका लागि आवेदन दिएका दुई जनाले थप १–१ कित्ता अर्थात कुल ११ कित्ताका दरले पाउने छन्।

    कम्पनीको आइपिओमा २० लाखभन्दा धेरैको आवेदन परेको छ। तसर्थ आवेदन दिएकामध्ये ९८. २ प्रतिशतको हात रित्तो हुनेछ। कम्पनीको आइपिओलाई इक्रा नेपालले डबल बी माइनस रेटिङ प्रदान गरेको छ। कम्पनीमा संस्थापक सेयरधनीको हिस्सा ६७.८९ प्रतिशत रहनेछ। कम्पनीको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ५१ पैसा छ।


    त्यस्तै प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ८८ पैसा छ। २०७८र७९ मा कम्पनीको प्रतिसेयर आम्दानी ५३ रुपैयाँ हुने अनुमान छ। लुम्बिनी प्रदेश कार्यक्षेत्र भएको यस लघुवित्तको प्रधान कार्यालय भैरहवामा छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ २७, २०७८ आइतवार - १४:०२:३४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology