आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

युनियन लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदनको नयाँ रेकर्ड

युनियन लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदनको नयाँ रेकर्ड

नागरिक पाटी

२८, आषाढ २०७८
  • 7.9K
    SHARES
  • युनियन लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदनको नयाँ रेकर्ड

    काठमाण्डौँ । युनियन लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदनको नयाँ रेकर्ड कायम भएको छ। कम्पनीको आइपीओमा अन्तिम दिनसम्ममा झण्डै साढे २१ लाख आवेदकले आवेदन गरेका छन्। यो आइपीओमा परेको हालसम्मकै उच्च आवेदन हो।

    images

    बिक्री प्रबन्धक प्रभु क्यापिटलले दिएको जानकारी अनुसार शुक्रबार साँझ ५ बजेसम्ममा २१ लाख ५० हजार ४७८ जना आवेदकबाट ३ करोड ४० लाख १० हजार ८९० कित्ता शेयर खरिदको लागि आवेदन दिएका छन्। यसमा अझै बैंकमार्फत आइपीओ भर्नेहरुको आवेदन थप हुने भएकोले आवेदनको संख्या अझै बढ्न सक्छ।

    कम्पनीले कुल जारी पूँजी २ अर्ब १५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता शेयर निष्काशनमा ल्याएको हो। त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ५८ लाख ५ हजार कित्ता शेयर सर्वसाधारणको लागि बिक्रीमा ल्याएको थियो।

    images
    images
    images
    प्रकाशित मिति :आषाढ २८, २०७८ सोमवार - २०:३७:३४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology