सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

आजदेखि दुई लघुवित्तले एकिकृत कारोबार सुरु गर्ने

आजदेखि दुई लघुवित्तले एकिकृत कारोबार सुरु गर्ने

नागरिक पाटी

३०, आषाढ २०७८
  • 7.0K
    SHARES
  • आजदेखि दुई लघुवित्तले एकिकृत कारोबार सुरु गर्ने
    images

    धादिङ । आजदेखि दुई वटा लघुवित्तले एकिकृत कारोबार सुरु गर्ने भएको छ । आजबाट नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीयले महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरी एकिकृत कारोबार सुरु गर्ने भएको हो ।

    images

    महिला सहयात्रा लघुवित्तलाई नेशनल माइक्रोफाइनान्सले १०० कित्ता बराबर ६८ कित्ता शेयर आदानप्रदान गर्ने सहमति अनुसार प्राप्ति गरेको हो । यस आधारमा महिला सहयात्राको १०० शेयर हुने शेयरधनीहरुले नेशनल माइक्रोफाइनान्सको ६८ कित्ता शेयर प्राप्त गर्नेछन् ।

    प्राप्ति पश्चात दुई कम्पनी एक भई नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट कारोबार सुरु गर्न लागेका हुन् । ती दुबै कम्पनीले गत जेठ २५ गते सम्पन्न विशेष साधारण सभाबाट प्राप्ती सम्बन्धि प्रस्ताव पारित गरेका थिए ।

    नेपाल राष्ट्र बैंकबाट गत वैशाख १५ गते महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गर्न नेशनल माइक्रोफाइनान्सले सैद्धान्तिक सहमति प्राप्त गरेकोे थियो । नेशनल माइक्रोफाइनान्सको केन्द्रीय कार्यालय धादिङ्गमा र महिला सहयात्राको केन्द्रीय कार्यालय मकवानपुरमा रहेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ ३०, २०७८ बुधवार - ११:१९:१५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology