सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

दुई कम्पनीलाई धितोपत्र बोर्डले दियो आईपीओ निष्कासन अनुमति

दुई कम्पनीलाई धितोपत्र बोर्डले दियो आईपीओ निष्कासन अनुमति

नागरिक पाटी

१, श्रावण २०७८
  • 6.0K
    SHARES
  • दुई कम्पनीलाई धितोपत्र बोर्डले दियो आईपीओ निष्कासन अनुमति
    images

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप दुई कम्पनीलाई धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)को अनुमति दिएको छ । बोर्डले सानिमा लाइफ इन्स्योरेन्स र मानुषी लघुवित्तलाई आईपीओ जारी गर्न अनुमति दिएको छ ।

    images

    बोर्डले असार ३१ गते बिहीबार सानिमा लाइफ इन्स्योरेन्सलाई ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता र मानुषी लघुवित्तलाई ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता साधारण सेयर बिक्री गर्न अनुमति दिएको हो ।

    दुबै कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा साधारण सेयर जारी गर्न लागेका हुन् । सानिमा लाइफ इन्स्योरेन्सले २०७८ जेठ ९ गते र मानुषी लघुवित्तले २०७८ वैशाख १३ गते बोर्डमा साधारण सेयर जारी गर्ने अनुमति माग गर्दै आवेदन दिएका थिए ।

    आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा लाइफ इन्स्योरेन्सले प्रभु क्यापिटल र मानुषी लघुवित्त वित्तीय संस्थाले नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।

    आईपीओ निष्कासन पछि सानिमा लायफको चुक्ता पुँजी २ अर्ब र मानुषि लघुवित्तको १० करोड ९३ लाख रुपैयाँ पुग्ने छ ।

    यससँगै नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०७७/०७८ मा २१ संस्थालाई १५ अर्ब ५ करोड ५३ लाख २८ हजार ७०० रुपैयाँ बराबरको प्राथमिक सेयर जारी गर्न स्वीकृति दिएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १, २०७८ शुक्रवार - १४:०३:०० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology