सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

सेयर बजार : कमाउने भन्दा गुमाउने धेरै

सेयर बजार : कमाउने भन्दा गुमाउने धेरै

नागरिक पाटी

५, श्रावण २०७८
  • 4.8K
    SHARES
  • सेयर बजार : कमाउने भन्दा गुमाउने धेरै
    images

    काठमाडौं । नेप्सेमा गिरावट आएको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज मंगलबार नौ दसमलव एक अंकले घटेर दुई हजार नौ सय ८५ दसमलव ५७ बिन्दुमा झरेकोमा सेन्सिटिभ पनि दुई दसमलव ८३ अंकले घटेर पाँच सय ५८ दसमलव १२ बिन्दुमा झरेको छ ।

    images

    दुई सय १९ वटा कम्पनीहरुको ८४ हजार चार सय ६८ पटकको कारोवारमा तीन करोड १६ लाख आठ हजार एक सय ९३ कित्ता सेयर खरिद बिक्री भएकाछन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम सात अर्ब ८९ करोड ७५ लाख ९४ हजार दुई सय ६९ रुपैयाँ पाँच पैसा पुगेको छ ।

    १३ वटा समुहको कारोवार हुंदा आज कमाउने भन्दा गुमाउने समुह धेरै देखिएकाछन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक शुन्य दसमलव ७४ अंकले घटेर दुई हजार ६७ दसमलव ४८ बिन्दुमा झरेकोमा फाईनान्स समुहको सुचक पनि ३२ दसमलव ४३ अंकले घटेर दुई हजार चार सय ८१ दसमलव ८६ बिन्दुमा झरेको छ ।

    यि बाहेक बिकास बैंक, निर्जिवन बीमा, जीवन बीमा, लगानी, लघुबित्त, लघुबित्त र अन्य समुहरुको सुचक पनि घटेकाछन । होटल तथा पर्यटन समुहको सुचक भने ५८ दसमलव तीन अंकले बढेर तीन हजार छ सय ५४ दसमलव ९३ बिन्दुमा चढेकोमा जलबिद्युत, उत्पादनमुलक, सामुहिक लगानी कोष र ट्रेडिङ समुहहरुको सुचक पनि बढेकाछन् ।

    नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको लक्ष्मी उन्नती कोषको प्रतियुनिट सेयर मुल्य १० दसमलव चार प्रतिसतले बढेर १४ रुपैयाँ २५ पैसामा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थनमा परेको आईसीएफसी फाईनान्सको ऋणपत्रको प्रतियुनिट सेयर मुल्य छ दसमलव १७ प्रतिसतले घटेर ११ सय ८६ रुपैयाँमा प्रतियुनिट सेयर कारोवार भएको छ ।

    यसैगरी आज बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको अरुण कावेली पावर लिमिटेडको प्रतिकित्ता पाँच सय ३३ रुपैयाँ अन्तिम मुल्यमा ३८ करोड ७८ लाख २० हजार नौ सय ५८ रुपैयाँको सेयर कारोवार भएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ५, २०७८ मंगलवार - १६:४५:३६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology