आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

मुक्तिनाथ विकास बैंकको १ अर्ब २५ करोडको ऋणपत्र बिक्रीमा

मुक्तिनाथ विकास बैंकको १ अर्ब २५ करोडको ऋणपत्र बिक्रीमा

नागरिक पाटी

७, श्रावण २०७८
  • 4.5K
    SHARES
  • मुक्तिनाथ विकास बैंकको १ अर्ब २५ करोडको ऋणपत्र बिक्रीमा

    काठमाडौं। मुक्तिनाथ विकास बैंकले १ अर्ब २५ करोड रुपैयाँ बराबरको १२ लाख ५० हजार ऋणपत्र निष्कासन गरेको छ । बैंकले प्रति इकाई एक हजार रुपैयाँ अंकित दरका १२ लाख ५० हजार कित्ताले हुन आउने १ अर्ब २५ करोड बराबरको ‘मुक्तिनाथ डिबेन्चर ऋणपत्र २०८४र८५’ निष्काशन गरेको हो ।

    images

    बैंकले जारी गरेको ७ वर्षे ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले वार्षिक ८।७५ प्रतिशत ब्याजदर पाउनेछन् । कुल जारी हुने १२ लाख ५० हजार कित्ता ऋणपत्रमध्ये बैंकले ५ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने ७ लाख ५० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विक्री गर्नेछ । उक्त ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्म आवेदन दिन सकिने छ ।

    ऋणपत्र खरिदका लागि छिटोमा साउन ११ गतेसम्ममा आवेदन दिईसक्नु पर्ने जनाईएको छ । भने ढिलोमा साउन २१ गतेसम्म आवेदन दिन सकिने छ ।

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ७, २०७८ बिहिवार - ०९:४५:५९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology