आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सेयर बजार परिसूचक ३ हजारमाथि

सेयर बजार परिसूचक ३ हजारमाथि

नागरिक पाटी

८, श्रावण २०७८
  • 6.1K
    SHARES
  • सेयर बजार परिसूचक ३ हजारमाथि

    धादिङ । सेयर बजारमा साताको अन्तिम दिन नेप्से परिसूचक पुनः ३ हजार अंकमाथि उक्लिएको छ । लगातारको वृद्धिसँगै ३ हजार २५ अंकसम्म उक्लिएर घटेको सेयर बजार मापन गर्ने नेप्से परिसूचक बिहीबार पुनः ३ हजार अंकमाथि उक्लिएको हो । लामो समयसम्म नेप्से परिसूचक र कारोबार रकम दुवै घट्दै गएपछि बजारमा करिब डेढ महिनाको अन्तरालमा ३ हजार अंकमाथि उक्लिएको हो ।

    images

    बिहीबार तीव्र उतारचढावका बीच बढेर ३ हजार १८.१५ अंकसम्म उलिएको नेप्से परिसूचक १८.७५ अंकले बढेर ३ हजार ४.३१ अंकमा पुगेर बन्द भएको छ ।
    नेप्से परिसूचकमा सुधार आएको दिन बिहीबार कारोबार रकम समेत उल्लेख्य रुपमा बढेको छ । दिनभर कुल २ सय २२ कम्पनीको ५ करोड ५९ लाख ६४ हजार कित्ता सेयर ११ अर्ब ११ करोड रुपैयाँ बराबरमा भएको छ । यो कारोबार रकम अघिल्लो दिनको तुलनामा ३ अर्ब २२ करोड रुपैयाँ बराबर बढी हो । मंगलबार ३ करोड १६ लाख कित्ता सेयर ७ अर्ब ८९ करोड ७५ लाख रुपैयाँ बराबरमा किनबेच भएको थियो ।

    बुधबार इस्लाम धर्मावलम्बीहरुको महान चाड बकरइद (ईद उल अजहा) को अवसरमा सार्वजिक बिदा दिइएको कारण बजार बन्द रहेको थियो ।
    साताको अन्तिम कारोबार दिन कृषि विकास बैंकको सबैभन्दा धेरै ४६ करोड २७ लाख तथा नेपाल बैंक र एनआईसी एसिया बैंकको बराबर ३६÷३६ करोड रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै, ङादी ग्रुप पावरको ३४ करोड ३४ लाख र सिद्धार्थ बैंकको पनि ३२ करोड ८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । दिनभरको कारोबारमा सिइडिबी हाइड्रोपावर, ङादी ग्रुप, पोखरा फाइानान्स र माउन्टेन हाइड्रोका लगानीकर्ताले करिब १० प्रतिशतले कमाएका छन् ।

    बिहीबार वाणिज्य बैंक, विकास बैंक, जलविद्युत्, बिमा र म्युचुअल फण्डबाहेक सबै समूहको परिसूचक राताम्य भएका छन् । व्यापार समहूको परिसूचक सबै भन्दा धेरै २.०२ प्रतिशतले राताम्य भएको छ । कारोबार दैनिक

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ८, २०७८ शुक्रवार - ०८:०७:१४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology