सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

शेयर बजारमा हरियाली, १४ अर्ब २३ करोड रुपैँयाको कारोबार

शेयर बजारमा हरियाली, १४ अर्ब २३ करोड रुपैँयाको कारोबार

नागरिक पाटी

१०, श्रावण २०७८
  • 4.6K
    SHARES
  • शेयर बजारमा हरियाली, १४ अर्ब २३ करोड रुपैँयाको कारोबार
    images

    काठमाडौँ । साताको पहिलो कारोबार दिन शेयर बजार नेप्से परिसूचक ५४ दशमलव ३१ अंकले बढेर ३,०५८ दशमलव ६४ को विन्दुमा कायम भएको छ ।आज कारोबारमा आएका १३ मध्ये ११ वटा उपसमूह बढेका छन् भने होटल्स एण्ड टुरिजम र म्युचुअल फण्ड उपसूचक घटेका छन् ।

    images

    दिनभरिमा २२३ वटा कम्पनीको ४ करोड ३९ लाख ३९ हजार २१२ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब २३ करोड २४ लाख १७ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै नेपाल बैंकको शेयर कारोबार भएको छ । कम्पनीको ४९ करोड ७६ लाख ६५ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

    ग्लोबल आइएम बैंकको ४९ करोड ४४ लाख ३९ हजार, एनसीसी बैंकको ३४ करोड ७८ लाख ९८ हजार, अरुण कावेली पावरको ३४ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, एनआइसी एशिया बैंकको ३३ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    त्यस्तै, आज सबैभन्दा धेरै विशाल बजार कम्पनी, नाङदी ग्रुप, सपोर्ट माइक्रोफाइनान्स, राद्यी विद्युत कम्पनी, पञ्चकन्यामाई हाइड्रोपावर कम्पनी, कालिका पावर कम्पनी, जोशी हाइड्रोपावर कम्पनी, यूनिभर्सल पावर कम्पनी र हिमालयन उर्जा विकास कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । सबैभन्दा धेरै लक्ष्मी उन्नती कोषका इकाई धनीले गुमाएका छन् ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १०, २०७८ आइतवार - १६:१७:०० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology