आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

अनुगमनका ७५ दिनको झलक

अनुगमनका ७५ दिनको झलक

गोकर्णप्रसाद उपाध्याय

११, श्रावण २०७८
  • 12.0K
    SHARES
  • अनुगमनका ७५ दिनको झलक

    सुन्दर जिल्ला धादिङको बजारलाई पनि सुन्दर बनाउन मेरो नेतृत्वको टीम ७५ दिनदेखि बजार अनुगमनमा छौं । बिहान या बेलुकीको समय पारेर अनुगमनमा जान्छौं । कार्यालयको नियमित कामकाजमा कुनै बाधा गरेका छैनौं । बाटोका कारण तत्काल पुग्न नसकिएको रुबीभ्याली गाउँपालिका बाहेक जिल्लाका १३ मध्ये १२ स्थानीय तहका मुख्य बजार र ग्रामीण क्षेत्रका पसल समेत हेरेका छौं ।

    images

    कोरोनाको निषेध आदेश जारी रहदै २०७८ बैशाख २८ गते सुरु भएको अनुगमनमा जिल्लाका अधिकांश किराना पसल हेरिए । सबैजसो डेरी हेरिए । आशिंक मासु पसल र औषधि पसल हेरिए । अहिले अत्यधिक गुनासो भएका राजमार्ग क्षेत्रका होटल, रेष्टुरेन्ट तथा खाजा घर हेर्न थालिएको छ ।
    अनुगमनको प्राथमिकता कारबाही होईन् । सुधार होस् भन्ने चाहना हो । तरपनि लापरबाहीको गहनता अनुसार जिल्लाभरका ६७० ओटा फर्म हेरिसक्दा ९१ ओटा अर्थात १३.६ प्रतिशत फर्मलाई कारबाही गर्न बाध्य छौं । यसले बजारको विकृति र उपभोक्ता स्वास्थ्यमाथिको खेलवाडको तस्वीर दिन्छ ।

    यद्यपि अनुगमनकै क्रममा हामीले सयौं फर्म सञ्चालकलाई थुप्रै सुझावहरु दिएका छौं । राम्रोलाई राम्रो छ भनेर पर्याप्त हौसला दिन छोडेका छैनौं । जरिवाना वापत राज्यलाई १० लाख ५ हजार राजस्व प्राप्त भएको छ । १७ लाख बराबरका म्याद गुज्रिएका सामग्री जफत गरिएका छन् । ३६५ दिन अनुगमन हुनुपर्ने रहेछ भन्ने निष्कर्ष हाम्रो टोलीको छ र सकेसम्म हामी गर्नेछौं ।

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ११, २०७८ सोमवार - ०९:१७:५८ बजे

    गोकर्णप्रसाद उपाध्याय

    लेखक अहिले धादिङका सहायक प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology