सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

नेप्सेमा फेरि अर्को किर्तिमान

नेप्सेमा फेरि अर्को किर्तिमान

नागरिक पाटी

१२, श्रावण २०७८
  • 3.5K
    SHARES
  • नेप्सेमा फेरि अर्को किर्तिमान
    images

    काठमाण्डौ । शेयर बजार कारोबार मापक नेप्से परिसूचकले सबैभन्दा उच्च विन्दुको कीर्तिमान बनाएको छ । गएको आइतवार तीन हजार ५८ विन्दुमा पुगेर कीर्तिमान बनाएको नेप्सेमा मङ्गलवार तीन हजार ७९ विन्दुको नयाँ कीर्तिमान बनेको छ ।

    images

    बैंकिङ, व्यापार, होटल र माइक्रो फाइनान्स बाहेक अरू सबै समूहको शेयर बढेपछि नेप्से २९ दशमलव २४ अङ्कले बढेर तीन हजार ७९ दशमलव ६७ विन्दुमा पुगेको छ । आज विकास बैंक समूहको शेयर साढे ३५ अङ्कले बढेको छ ।

    यस्तै जलविद्युत् समूहको एक सय १९ अङ्कले, फाइनान्स समूहको ७१ अङ्कले, जीवन बीमा समूहको दुई सय ६० अङ्कले, निर्जीवन बीमा समूहको एक सय २० अङ्कले, उत्पादन समूहको तीन सय पाँच अङ्कले, अन्यको ६० र लगानी समूहको शेयर तीन अङ्कले बढेको छ ।

    यस्तै दुई सय २५ कम्पनीका तीन करोड २३ लाख कित्ता शेयर १५ अर्ब १७ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ४९ करोड १५ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १२, २०७८ मंगलवार - २०:२१:५२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology