आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

विश्वभर थप ५ लाख ६२ हजार ५१८ जनामा कोरोना संक्रमण पुष्टि

विश्वभर थप ५ लाख ६२ हजार ५१८ जनामा कोरोना संक्रमण पुष्टि

नागरिक पाटी

१३, श्रावण २०७८
  • 8.4K
    SHARES
  • विश्वभर थप ५ लाख ६२ हजार ५१८ जनामा कोरोना संक्रमण पुष्टि

    विश्वभर एकै दिन साढे पाँच लाखभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा पाँच लाख ६२ हजार ५१८ जना संक्रमित थपिएका हुन्।

    images

    जसमध्ये अमेरिकामा सबैभन्दा बढी ५२ हजार १११ संक्रमित थपिएका छन्। यस्तै‚ इन्डोनोसियमा ४५ हजार २०३, भारतमा ४२ हजार ९००, ब्राजिलमा ४१ हजार ४११, इरानमा ३४ हजार ९०० संक्रमित थपिएका छन्।

    यसैबीच विश्वभर पछिल्लो २४ घण्टामा ९ हजार २६२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा इन्डोनोसियामा २ हजार, ब्राजिलमा १३ सय २०, रुसमा ७७९, भारतमा ६४०, अमेरिकामा ३०९, इरानमा ३५७ र कोलम्बियामा ३०० जनाको मृत्यु भएको छ।

    योसहित विश्वभरको कोरोनाका कारण मृत्यु हुनेको संख्या ४१ लाख ९२ हजार १७७ पुगेको छ। विश्वभर कोरोना संक्रमितको संख्या १९ करोड ५९ लाख २२ हजार १०० पुगेको छ। जसमध्ये १७ करोड ७६ लाख २५ हजार २३३ जना संक्रमणमुक्त भएका छन्।

    images
    images
    images
    प्रकाशित मिति :श्रावण १३, २०७८ बुधवार - ०८:१५:२६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology