काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ साउन १७ गते सोमवार धितोपत्र दोस्रो बजार नेप्सेमा सूचीकृत भएको छ । असार २८ गते सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको कम्पनीले संस्थापक तर्फको ८ लाख २२ हजार ५०० कित्ता समेत गरी कुल १२ लाख ११ हजार ५०० कित्ता शेयर नेप्सेमा सूचीकृत गराएको हो ।
नेप्सेले लघुवित्तको पहिलो कारोबारको लागि न्युनतम प्रतिकित्ता ११०.८४ रुपैयाँ र अधिकतम ३३२.५२ रुपैयाँ तोकेको छ । यससँगै भोलिको कारोबारमा संस्थाको सेयर उक्त रेञ्जभित्र रहेर पहिलो कारोबार हुने छ ।
साथै, कम्पनीले सेयर सम्बन्धी कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्यको लागि काठमाडौंको नक्सालस्थित एनएमबि क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ ।