सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

मैलुङ हाइड्रोको आईपिओमा माग भन्दा ३५ गुणा बढी आवेदन

मैलुङ हाइड्रोको आईपिओमा माग भन्दा ३५ गुणा बढी आवेदन

नागरिक पाटी

१८, श्रावण २०७८
  • 4.0K
    SHARES
  • मैलुङ हाइड्रोको आईपिओमा माग भन्दा ३५ गुणा बढी आवेदन
    images

    धादिङ । मैलुङ खोला हाइड्रोले साउन १४ गतेदेखि आईपिओ बिक्रि खुला गरेको हो । कम्पनीले सर्वसाधारणको लागि ७ करोड ३६ लाख २८ हजार ६ सय रुपियाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता शेयर निष्काशन गरेको हो ।

    images

    जस मध्ये १४ हजार ७ सय २६ कित्ता कर्मचारीको लागि र ३६ हजार ८ सय १४ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ । बाँकि रहेको ६ लाख ८४ हजार ७ सय ४६ कित्ता शेयरको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । यस निष्काशनमा साउन १८ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा साउन २८ गतेसम्म आवेदन दिन सकिने छ ।

    आईपिओमा आइतबार साँझ ५ बजेसम्ममा १७ लाख ७६ हजार ७ सय ११ जना आवेदकबाट २ करोड ४१ लाख ६३ हजार ४ सय ८० कित्ताको लागि आवेदन परेको छ। यो माग भन्दा ३५.२८ गुणा बढी हो ।।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १८, २०७८ सोमवार - १७:३५:५९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology