सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

तेह्रथुम पावर कम्पनीको आइपिओमा आवेदन दिने आज अन्तिम दिन

तेह्रथुम पावर कम्पनीको आइपिओमा आवेदन दिने आज अन्तिम दिन

नागरिक पाटी

१९, श्रावण २०७८
  • 6.7K
    SHARES
  • तेह्रथुम पावर कम्पनीको आइपिओमा आवेदन दिने आज अन्तिम दिन
    images

    काठमाण्डौँ । तेह्रथुम पावर कम्पनी लिमिटेडको आइपिओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । साउन ५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको कम्पनीमा आज साउन १९ गतेसम्म मात्रै आवेदन दिन सकिनेछ ।

    images

    कम्पनीले साउन ५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि प्रतिकित्ता १०० रुपैयाँ दरको ४ लाख कित्ता आइपिओ निष्काशन तथा बिक्री खुला गरेको थियो ।

    कम्पनीको आइपिओका लागि लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ६० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। 

    कम्पनीले नेपाल धितोपत्र बोर्डबाट असार १० गते आइपिओ निष्काशनका लागि अनुमति प्राप्त गरेको थियो । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी भने एनआईबिएल एस क्यापिटल लिमिटेडले गरिरहेको छ ।

    कम्पनीको आइपिओलाई इक्रा नेपाल लिमिटेडले समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहने डब्बल बि रेटिङ्ग प्रदान गरेको छ ।

    आइपिओ खरिदका लागि माछापुच्छ्रे बैंकको हिले, धनकुटा शाखा कार्यालय, नेपाल बङ्गलादेश बैंकको सक्रान्ती, फेदाप, छथर, सिधुवा, साँगुरीगढी र राजारानी शाखा कार्यालय, ग्लोबल आइएमई बैंकको जिरि खिम्ती शाखा, म्याङलुङ, तेह्रथुम, सप्तकोशी डेभलपमेन्ट बैंक, बसन्तपुर शाखा, तेह्रथुम र जलविद्युत आयोजना स्थल मेन्छ्यायेमा गाउँपालिका, तेह्रथुमबाट आवेदन दिन सकिनेछ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १९, २०७८ मंगलवार - ०८:३५:३४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology