सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

सेयर बजार परिसूचक नेप्से ऐतिहासिक विन्दुमा

सेयर बजार परिसूचक नेप्से ऐतिहासिक विन्दुमा

नागरिक पाटी

१९, श्रावण २०७८
  • 6.3K
    SHARES
  • सेयर बजार परिसूचक नेप्से ऐतिहासिक विन्दुमा
    images

    काठमाडौं । सेयर बजार परिसूचक नेप्से ऐतिहासिक विन्दुमा पुगेको छ । मंगलबार नेप्से २६ अंकले बढेर ३१ सय ११ विन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च हो । यसदिन लघवित्त क्षेत्र लगानीकर्ताको पहिलो रोजाइमा पर्‍यो । लघुवित्त उपसमूह सबैभन्दा उच्च ३.८५ प्रतिशत अर्थात् २२१ अंकले बढ्यो । यस्तै, जीवन बिमामा ११९, व्यापार समूह १०१ अंकले बढ्यो भने जलविद्युत् उपसमूहमा पनि ६६ अंकको वृद्धि आयो ।

    images

    यसदिन पाँचथर पावर कम्पनी र रुरु जलविद्युत् परियोजनाको सेयर मूल्य १०/१० प्रतिशतले बढ्यो भने जीवन विकास लघुवित्त, युनियन लाइफ इन्स्योरेन्स, घलेम्दी हाइड्रो, लिबर्टी इनर्जी, स्वावलम्बन लघुवित्त कम्पनीको सेयर मूल्य पनि ९ प्रतिशत बढीले बढ्यो ।

    यसदिन २२३ कम्पनीको २ करोड ११ लाख कित्ता सेयर ११ अर्ब ५२ करोड रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । यसदिन १३१ कम्पनीका सेयरधनीले कमाए, ४७ कम्पनीको सेयरधनीले गुमाए भने सात कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १९, २०७८ मंगलवार - १५:५०:१२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology