सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

शेयर बजारमा साढे १५ अर्ब रुपैयाँको कारोबार

शेयर बजारमा साढे १५ अर्ब रुपैयाँको कारोबार

नागरिक पाटी

२०, श्रावण २०७८
  • 6.6K
    SHARES
  • शेयर बजारमा साढे १५ अर्ब रुपैयाँको कारोबार
    images

    काठमाण्डौ । हप्ताको चौथो दिन पनि शेयर बजार बढेको छ । आज नेप्से १२ दशमलव शून्य पाँच अङ्कले बढेर तीन हजार एक सय २३ दशमलव १५ विन्दुमा पुगेको छ । जलविद्युत् समूहको शेयर आज पनि उत्साहजनक रूपमा बढेको छ । आज जलविद्युत् समूहको शेयर एक सय ९४ अङ्कले बढेको छ । यस्तै विकास बैंक समूहको शेयर ६५ अङ्कले, उत्पादनको २५, फाइनान्स समूहको ४४ र बैंकिङ समूहको साढे चार अङ्कले बढेको छ ।

    images

    आज माइक्रोफाइनान्स समुहको शेयर एक सय २५ र निर्जीवन बीमा समूहको शेयर ८३ अङ्कले घटेको छ । यस्तै होटलको आठ र जीवन बीमा समूहको शेयर तीन अङ्कले घटेको छ ।

    आज दुई सय २५ कम्पनीका दुई करोड ८८ लाख १३ हजार कित्ता शेयर १५ अर्ब ५९ करोड ५७ लाख रुपैयाँमा किनबेच भएका छन् । आज अपी पावरको झन्डै ८० करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

    आज अपी पावर, दिव्यश्वरी हाइड्रो, खानीखोला हाइड्रो, कालिका पावर, माथिल्लो तामाकोशी, युनियन लाइफ र जीवन विकास लघुवित्तको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । समग्र बजार बढेपनि ङादी ग्रुप पावर कम्पनीको शेयर सबैभन्दा धेरै झण्डै साढे पाँच अंकले घटेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २०, २०७८ बुधवार - १६:०१:१७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology