आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

विश्व किर्तीमानी गीतकार उपाध्यायका फरक शैलीका ७ गीति कविता बिमोचित

विश्व किर्तीमानी गीतकार उपाध्यायका फरक शैलीका ७ गीति कविता बिमोचित

नागरिक पाटी

२०, श्रावण २०७८
  • 9.0K
    SHARES
  • विश्व किर्तीमानी गीतकार उपाध्यायका फरक शैलीका ७ गीति कविता बिमोचित

    काठमाडौं । विश्व किर्तीमानी गीतकार तथा कवि साहित्यकार डा. डि.आर. उपाध्यायले मँगलबार एक समारोहबीच आफ्ना फरक शैलीका ७ वटा गीति कविता सार्वजनिक गरेका छन् । गिनीज अफ वल्र्ड रेकर्ड सहित विश्वका चर्चित ५२ वटा विधामा यस अघि विश्व रेकर्ड कायम गरेका गीतकार तथा साहित्यकार उपाध्यायले मँगलबार सार्वजनिक गरेका ७ वटा गीति कवितालाई पनि विभिन्न विश्व रेकर्डमा समावेश गर्दैछन् ।

    images

    यसपटक उनले सार्वजनिक गरेको गीति कवितामा विश्वका ११० म्युजिक ब्यान्डको नाम समेटिएको गीति कविता, हामी शब्द ६० पटक समेटिएको गीति कविता, १७० मोवाईल फोनको नाम समावेश गरिएको गीति कविता, ५३ विभिन्न प्रजातिको कुकुरहरुको नामबाट तयार गीति कविता, संसारका प्रचलित ४१ वटा ह्याट–क्वापको नाम समेटिएको गीति कविता, शब्दको अन्त्यमा ४३ यो अक्षर समावेश गरि बनाईएको गीति कविता, विभिन्न गाडीका ६० वटा मोडलहरुको नामबाट तयार गरिएको गीति कविता सार्वजनिक गरेका हुन् । यी गीति कवितालाई पनि उनले केही दिनमै विश्व रेकर्डमा समावेश गर्नेछन् ।

    गीत सँगीत तथा साहित्य सृजनाबाट यती धेरै विश्व रेकर्ड कायम गर्ने उनी पहिलो नेपाली सर्जक हुन् । उनले अर्को महिना भित्र करिब ६० वटा विश्व रेकर्ड पुर्याउँदैछन् ।

    images
    images
    images
    प्रकाशित मिति :श्रावण २०, २०७८ बुधवार - १८:२५:०२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology