सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

बिहीबार नेप्से परिसूचक १६ अंकले घट्यो

बिहीबार नेप्से परिसूचक १६ अंकले घट्यो

नागरिक पाटी

२१, श्रावण २०७८
  • 5.6K
    SHARES
  • बिहीबार नेप्से परिसूचक १६ अंकले घट्यो
    images

    साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १६ अंकले घटेर ३ हजार १०१.०७ अंक झरेको छ। बुधबार यसअघिका सबै रेकर्ड तोड्दै नेप्से सूचक १२.०५ अंकले बढेर ३ हजार १२३.१५ विन्दुमा पुगेको थियो।

    images

    आज कारोबारमा आएका २२६ कम्पनीको २ करोड ८८ लाख ४५ हजार ४३१ कित्ता शेयर १४ अर्ब ३१ करोड ६२ लाख ४९ हजार ९६५ रुपैयाँमा कारोबार भएको छ । जसमध्ये ७२ वटा कम्पनीको शेयर मूल्य बढ्दा १५२ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने एक कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।

    आज ४ वटा कम्पनी शेयर मूल्य सकारात्मक सर्किट लेवलमा कारोबार भएको छ । जसमा नेपाल फाइनान्स, कर्णाली विकास बैंक, जीवन विकास लघुवित्त र युनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो।

    तर आज युनिभर्सल पावर कम्पनी, वरुण हाइड्रोपावर कम्पनी, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, शिव श्री हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको शेयर मूल्य घटेको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २१, २०७८ बिहिवार - १६:२०:०१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology