शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

१२ कक्षासहित सबै परीक्षा स्थगन गर्न सिफारिस

१२ कक्षासहित सबै परीक्षा स्थगन गर्न सिफारिस

नागरिक पाटी

२३, श्रावण २०७८
  • 4.1K
    SHARES
  • १२ कक्षासहित सबै परीक्षा स्थगन गर्न सिफारिस

    काठमाडौँ । कोरोना संक्रमण बढ्दै गएकाले कक्षा १२ सहित सबै परीक्षा तत्काल रोक्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) र शिक्षा मन्त्रालयलाई सिफारिस गरेको छ ।

    images
    images


    स्वास्थ्य मन्त्रालयले विज्ञहरूसँगको छलफलपछि परीक्षा सञ्चालन गर्न उपयुक्त नहुने सिफारिस गरेको हो । मृत्युदर १.५ प्रतिशत पुगेको र संक्रमण दर पनि बढ्दै गएकाले परीक्षा सञ्चालन गर्न नहुने अडान स्वास्थ्य मन्त्रालयले लिएको हो ।


    विभिन्न विश्वविद्यालय, कक्षा ११, सीटीईभीटी लगायतका परीक्षा भइरहेकाले मन्त्रालयले सबै खाले परीक्षा रोक्न भनेको छ । स्वास्थ्य सचिव डा. रोशन पोखरेलले भने, ‘संक्रमण बढिरहेको छ, यो अवस्थामा परीक्षा लिनु उपयुक्त देखिँदैन ।’

    यसै विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठबीच समेत छलफल भएको थियो । प्रधानमन्त्री देउवाले समेत अवस्था सामान्य भएपछि र २० वर्षमुनिका किशोर–किशोरीले खोप पाएपछि मात्र परीक्षा सञ्चालन गर्नु उपयुक्त हुने धारणा राखेको मन्त्रालय स्रोतले बतायो ।

    राज्यमन्त्री श्रेष्ठले कोरोना बढिरहेकाले सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र सीसीएमसीलाई सिफारिस गरेको ट्वीटमार्फत सार्वजनिक गरेका छन् । सीसीएमसीको अनुमतिमा कक्षा १२ को जेठमा स्थगित परीक्षा साउन ३१ देखि सञ्चालन गर्ने तय भएको थियो । करिब ४ लाख विद्यार्थी कक्षा १२ को परीक्षा तयारीमा छन् ।

    राष्ट्रिय परीक्षा बोर्डका एक सदस्यका अनुसार शनिबार बोर्डले निर्णय लिनेछ । स्वास्थ्य मन्त्रालयले सीसीएमसी र शिक्षा मन्त्रालयलाई गरेको सिफारिसपछि टुंगोमा पुग्नका लागि निर्णय गर्न शनिबार ११ बजे बोर्डको बैठक डाकिएको ती सदस्यले जानकारी दिए । कान्तिपुर दैनिकमा खबर छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २३, २०७८ शनिवार - ०७:५३:०९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology